![]() |
- राज आङ्देम्बे "सहयात्री" पाँचथर ,हाल-मलेसिया |
"खुशी"
जब तिमी मेरो जिन्दगीमा आयौ
अनि खुशीयालीको दीप जलायौ
जून विनाको रात जस्तै थिएँ म
बिहानीको झुल्के घाम झैँ उदायौ
सफल सहयात्री बनेर आयौ
संसारै मेरो झलमल बनायौ ।
११-०४-२०१३
"पत्रकार"
सफल सहयात्री बनेर आयौ
संसारै मेरो झलमल बनायौ ।
११-०४-२०१३
"पत्रकार"
आधुनिक पत्रकार।
३१-०३-२०१३
"परिवर्तन"
३१-०३-२०१३
"परिवर्तन"
नपाएँ तिमीमा आफ्नोपन
न ईमान न सत्य वचन
धर्म कर्मलाई लत्याएर
भयौ एक्कासी परिवर्तन
तिमीले भुल्यौ नेपालीपन
पाएर त्यो अपुताली धन।
३०-०३-२०१३
"अठोट"
नझार्नु आँशु व्यर्थै हे आमा
सुहाएन आँशु त्यो आँखामा
रोप्ने छु फूल माली बनेर
यो हाम्रो घरको बगैँचामा
फूलेर त्यो फूलले हे आमा
मुस्कुराउँने छ पहरामा ।
२०-०३-२०१३
"बयान"
तिमी कत्ती सुशिल छौ है झरना
लजालु मुस्कान पवित्र गहना
दुःख र सुखमा फाल हान्दै बग्छौ
उस्तै चोखो अनि निश्चल भावना
तिम्रो त्यो रुप देखेर ए! झरना
पुरा भयो है मेरो मनकामना।
१८-०३-२०१३