![]() |
- सञ्जय गुरुङ ताप्लेजुंग,हाल-मलेसिया |
"आँशु"
अतित सम्झी रुँदा
पागल जस्तै हुँदा
तिमी खुशी थियौ रे
जहर मैले पिउँदा
आँशु सकियो रुँदा
तिमी मेरी नहुँदा।
२५-०४-२०१३
"जालीमाया""
रुपरंग चाहिं काली
देखे थिए दिलवाली
तर सियो भई पस्यौ
निस्की दियौ बनि फाली
बल्ल थाहा पांए काली
तिमी त रहेछौ जाली।
२१-०३-२०१३
‘सुझाव”
चुकेको बोली
छुटेको गोली
आउछ फर्की
नसोच भोली
मनको बोली
नहाल खोली।
२०-०३-२०१३
"जिन्दगी"
एक मान्छे अनेक आस
बोकेर एक मुठ्ठी सास
बाँचुन्जेल तँ तँ र म म
मरे पछि के लानु खास
जिन्दगीले लिएर आस
जल्छ अनि चितामा लास।
०४-०३-२०१३