![]() |
- भरत अधिकारी तनहुँ,हाल-मलेसिया |
"होसियार"
चल्ला खाने बाज
विना काम काज
झुकाई आउँछ
मान्दैन हौ लाज
बाठो छ यो बाज
गर्न खोज्छ राज।
१५-०५-२०१३
"माया"
तिमी बस्छौ आमा पिंढीमा रुदै
नयनका आँशुले मुख धुदै
कोखिको घाउको लागेर माया
बसेकी छौ तिमी दोमन हुदै
बित्यो आमा तिम्रो जीवन रुदै
ढुंगाको देवतामा पाउ छुदै।
१५-०२-२०१३
"आमा"
बोकेर डोको
बसेर भोको
हुर्कायौ आमा
मायाको पोको
छ अझै डोको
सन्तानको धोको।
०९-०२-२०१३
“नयाँ नेपाल”
ढुकुटीमा चन्दा
साल बित्यो गन्दा
देश बिग्रो झन
बनाउछु भन्दा
उठाएको चंदा
भयो भाग बन्डा।
०९-०२-२०१३