![]() |
- मीना पुमा राई खोटांग,हाल-लेवनान |
म जन्मे अनि हुर्केको माटो
मैले पाइला टेकेको दोबाटो
झल्झली याद आउँछ मलाई
झुपडिमा पाकेको त्यो आँटो
नभुल्न सकेँ देशको माटो
सम्झानामा आज मन फाटो।
२४-०५-२०१३
"धोका"
मन मुटु साटेर
२१-०५-२०१३मन मुटु साटेर
आफ्नै औला काटेर
सजायौ यो सिउदो
सजायौ यो सिउदो
सबै कुरा ढाटेर
झुटो प्रित साटेर
कच्चा डोरी बाटेर।
झुटो प्रित साटेर
कच्चा डोरी बाटेर।
"सजाय"
दैवको खेल
आँसुको भेल
सजाय दिदैँ
पठायो जेल
यो कस्तो खेल
सँधै भो झेल।
१६-०५-२०१३
"गुन"
नभुल्नु गुन
उधारो नुन
ईज्जतसंग
मिल्दैन सुन
अमुल्य गुन
मिल्दैन धुन।
१५-०५-२०१३
"विकृति"
फेसन झल्काएर
मुहार टल्काएर
कस्तो आयो जमना
सबलाई पल्काएर
विकृति झल्काएर
संस्कार सल्काएर।
१३-०५-२०१३