![]() |
- प्रनिल चापागाईं
शिवगंज-७,झापा,हाल-मलेसिया |
"स्वाभिमान"
झुकाउँदिन यो मेरो शीर
गोर्खालीको छोरो हुँ म वीर
हाबी भए बैरी माटोमाथि
साथ हुन्छ प्रतिकारी तीर
हिमाल झै अटल छ शीर
ज्यानै गए नि मान्दिन पीर।
०३-०६-२०१३
"बाटुलिहरू"
सर्ट पेन्ट लाउँछन्
मस्किदै पो आउँछन्
रोधी गाउँन छोडि
पप गीत गाउँछ्न्
हिल चप्पल् लाउँछन्
डिस्को अनि धाउँछन् ।
१९-०५-२०१३
“अर्ति”
गरे मात्र काम
मिल्छ हेर दाम
मेहनत गर
पाउनेछौ माम
राम्रो भए काम
चल्छ तिम्रौ नाम ।
१०-०४-२०१३
'पीर"
गहभरी आशु
म कसरि हाँसु
छोडेर गएपछि
साईनो के गासु
रोकिएन आशु
भएँ आधा मासु।
०५-०४-२०१३
"देशमा"
नपाउनेले पाए सत्ता
हाँसी हाँसी खादैछन् भत्ता
गरिब दु:खी जनताको
शरीर ढाक्ने छैन लत्ता
पालो गरेर लिन्छन् सत्ता
जनतालाई छैन पत्ता ।
०३-०४-२०१३