Thursday, 28 November 2013
Monday, 25 November 2013
दस्तावेज:- आफ्नो भनाई [भाग-१]
प्रवर्तकको कलमबाट
[पृष्ठ ड-त]
“जाउँ”
जाउँ यता
जाउँ उता
दु:खी मान्छे
जाउँ कता
जाउँ यता
जाउँ जता।
प्रयुक्त रचना साथै संरचना सर्वप्रथम फेसबूकमार्फत [०३-१०-२०११] मा ‘केस्रा विधा’ प्रस्तावका लागि प्रकाशित गरिएको हो। अहिलेको अत्याधुनिक समयमा इन्टरनेटको माध्यमले साहित्यको क्षेत्रलाई बृहत,छिटो,सुलभ अनि सुविधा उपभोग गर्नेहरुको पहुँचसम्म पुर्याई रहेकोछ।‘केस्रा’ विधाको घोषणा हुनुमा इन्टरनेटको प्रयोगले पनि अति नै सघाउ पुर्याएकोछ।यसैको प्रयोगले प्रकाशित हुने ‘केस्रा’ हरुमा अग्रज स्रष्टा ,सर्जक,समकालीन साहित्यानुरागी मित्रहरुसंग बारम्बार बहस/प्रतिक्रिया आदान-प्रदान गरि विधाका लागि चाहिने आधारभूत मान्यताहरुको खाका तयार पार्न सम्भव भएको हो। उपर्युक्त
- मौलश्री लिम्बु झापा,हाल-मलेसिया |

Thursday, 14 November 2013
कृष मगर
कृष मगर जीका केस्राहरु
“निराशा”
किन मन भयो विरानी
खिन्न खिन्न भयो बिहानी
दे’को थियौ माँयाको चिनो
रूमाल आज भयो निशानी
आफ्नै मान्छे भयो विरानी
उनको माया भो बेईमानी ।
२७-०५-२०१३
[प्रयुक्त केस्राको चौथो र छैटौ हरफमा दश लिपि चिन्ह भएता पनि केस्राको मान्यता अनुसार प्रत्येक हरफमा एक स्वर वर्ण छुट हुने भएकोले समग्रमा केस्रा नौ लिपि चिन्हमा आधारीत छ। यहाँ 'अल्पश्रुति अनुप्रास' को प्रयोग गरिएकोछ।अनुप्रास:- विरानी= व+इ+र+आ+नी> "रानी" यसर्थ अनुप्रासहरु >रानी/हानी/शानी/मानी ]
![]() |
कृष मगर चितवन,हाल-यु.ए.ई. |

Sunday, 10 November 2013
दान राई 'झरी'
दान राई 'झरी' जीका केस्राहरु
"यादमा"
तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै
जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै
छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै ।
२३-०७-२०१३

तिमीसंग टाढिएसी दु:खें धेरै
यादै यादमा पग्लियो मुटु मेरै
जलें म त भित्र भित्रै आफै यहाँ
अतितका याद ति मनैमा ले'रै
छुटे पछि साथ हाम्रो दु:खें धेरै
सारा बाचा कसम गएसी खेरै ।
२३-०७-२०१३
[प्रयुक्त केस्रामा बाह्र लिपि चिन्हको प्रयोग गरिएको छ।अनुप्रास "ले'रै" शब्दको प्रयोग भएकोले प्रकारको आधारमा यस केस्रा "आश्रित अनुप्रास" अन्तर्गत पर्दछ ।]
Wednesday, 6 November 2013
Saturday, 2 November 2013
दस्तावेज:-अध्याय-क [भाग-३]
“केस्रा”विधाको नामाकरण
[पृष्ठ ४२-४३]
नेपाली साहित्यमा धेरै विधाहरु छन् ।प्रत्येक विधाहरुको छुट्टै तत्व तथा आधारहरु हुने गर्छन।संरचना शिल्प,प्राविधिक पक्ष,लय तथा प्रस्तुति आदीमा फरक-फरक पहिचान भएकोले अलग विधाको नामकरण सम्भव भएको हो।मुलत:साहित्य विधालाई चार प्रकारमा विभाजन गरिएकोछ:-१) आख्यान= उपन्यास,कथा,लघुकथा,आत्मा कथा आदि २) कविता = गीत,कविता,गजल,मुक्तक आदि ३) निबन्ध = निबन्ध,प्रबन्ध,नियात्रा,संस्मरण आदि र ४) नाटक =एकाङ्की,पूर्णाङ्की आदि ।अहिले यिनीहरुको सूक्ष्म अध्ययन पछी दुई भागमा बाँडेर चर्चा गर्न थालिएकोछ।:-१) आख्यान र २) अनाख्यान।
आख्यान भन्नाले सिलसिलेवार शब्दहरुको वाक्य संरचनामा पद्ध्य विधामा जस्तो लय नभएका उपन्यास,कथा,लघुकथा,निबन्ध,नाटक,नियात्रा आदि पर्दछन।त्यस्तै अनाख्यान विधा अन्तर्गत कविता,गीत,गजल,लेखिएका खण्ड काव्य-महा काव्य,गद्ध्य कविता आदि पर्दछन।विधाहरुलाई दुई समूहमा

Subscribe to:
Posts (Atom)