- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday, 9 June 2014

राई रुमानी


         राई रुमानी जीका केस्राहरु

- राई रुमानी
उर्लाबारी,मोरंग हाल- मलेसिया
 
    "चुनाव"

कसैको जीत हाेला कसैकाे हार
बढ्दै हाेला धडकनकाे ज्वार

हारे जनता जीते देश निर्माता
कहाँ मिल्छ यस्ताे माैका बारबार

युद्ध न हाे हुन्छ जीत या त हार
चुनिने बेला हाे देशकाे अाधार ।
१९-११-२०१३

   "जागीर"

Thursday, 5 June 2014

भरत अधिकारी

           भरत अधिकारी जीका केस्राहरु 

- भरत अधिकारी
तनहुँ,हाल- मलेसिया 
"जिन्दगी"

रोएर जान्छ रात
खादा साहुको वात

छ यो कस्तो जिन्दगी
पुर्पुरोमा छ हात

बित्दैछ कैयौ रात
भाग्यले गर्यो घात।

    "फटाह" 

Tuesday, 3 June 2014

सहयात्री-समीक्षा:- अर्जुन काफ्ले

         "सहयात्री" संगको सहयात्रामा 

समीक्षक"- अर्जुन काफ्ले
मोरंग,हाल- मलेसिया 
       एका विहानै वजेको फोनको घण्टी उठाउ की नउठाउ भइरहेको थियो । स्क्रिनमा देखिएको नाम हेरेपछि फोन उठाए । फोन इश्वरी ढकाल सरले गर्नु भएको थियो । बिदाको विहान प्राय: अवेरसम्म नै सुत्ने बानी छ खास काम परेन भने । त्यो दिन पनि काम नभएकोले अबेर सम्म सुत्ने दाउ थियो । सरले आज 'केस्रा' को कार्यक्रम छ श्रम साप्ताहिकको तर्फवाट प्रतिनिधित्व गरिदिनु होला;व्योहोराको फोन गर्नु भएको थियो । निम्ता गरिएको कार्यक्रममा भ्याएसम्म पुग्ने बानी पारेको छु मलेसियामा । अलि अवेर पुगे कोताराया,हुन त म बसेको स्थानवाट करिव डेढ घण्टाको वसको दुरीमा छ केएल त्यस माथी त्यसै दिन विहानै पाएको सुचना पछ्याउदा पनि ढिलो हुन मेरो लागि सामान्य थियो ।
   

Saturday, 31 May 2014

कृष्ण लिम्बु

         कृष्ण लिम्बु जीका केस्राहरु 

- कृष्ण लिम्बु
पाँचथर,हाल-मलेसिया 
   "भरोसा"

आधा रातको अँधेरीमा पनि
बिउझिएर ताराहरू गनी

मेरो निम्ति खुशी माग्ने कोही छ
सारङ्गी झै रेटिन्दा धुन बनी

आफ्नो आँशुहरू पूछेर पनि
डोर्याउने नयाँ कोरेटो खनि।
२८-०३-२०१४

   "घात"

Thursday, 29 May 2014

केहि केस्राहरु:- २ [२०१४]

 सञ्जय गुरुङ,भक्ति प्र.पौड्याल र प्रनिल चापागाई जीका केस्राहरु

"चेतना"

विदेशमा रगत बगाएर
सधै ज्यानको बाजी लगाएर

आखिर के पाउछौ विदेशमा
ठूला ठूला शहर बनाएर

हुन्न अब पसिना बगाएर
फर्कौ देश साहस जगाएर।
  २६-०२-२०१३
- सञ्जय गुरुङ 
ताप्लेजुंग
*****     ######   ******

 "स्रोत"

Monday, 26 May 2014

चतुरमान राई

                  चतुरमान राई जीका केस्राहरु 


- चतुरमान राई
ओखलढुंगा ,हाल- मलेसिया
 
    "शंका " 

नपिउँदाको मातहरु
नबिताएका रातहरु

ठान्छन दोषी किन त्यसै
नसमाएका हातहरु

जवानीका ति मातहरु
शंकालु हुने बातहरु
२३-०५-२०१४

         "दलीत"