- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 26 May 2014

चतुरमान राई

                  चतुरमान राई जीका केस्राहरु 


- चतुरमान राई
ओखलढुंगा ,हाल- मलेसिया
 
    "शंका " 

नपिउँदाको मातहरु
नबिताएका रातहरु

ठान्छन दोषी किन त्यसै
नसमाएका हातहरु

जवानीका ति मातहरु
शंकालु हुने बातहरु
२३-०५-२०१४

         "दलीत"



न्यायको ठेली किताबमा लेखिन्छ
निर्धालाई सधै घाँटीमा रेटिन्छ

बाँडेर नि सपनाको अधिकार
दलितको पीडा आँसुले छेकिन्छ

जन्मदै सानो ठुलो जात लेखिन्छ
ठुलोले सधै सानोलाई हेपिन्छ
१०-०५-२०१४

   "प्रवास" 

नसोध मेरो हाल
गधाको झैँ छ चाल

परेली माछापुच्छ्रे
आसुँ भो फेवा ताल

प्रवासको यो हाल
कदमैपिच्छे  काल
१०-०४-२०१४

     "दुनियाँ "

खुशीमा साथ मिल्छ यहाँ
दु;खमा एक्लै परिन्छ जहाँ

आफन्त नै टाढीएर जान्छन्
असहायहरु देखी कहाँ

दुनियाँ स्वार्थी छ है यहाँ
भगवान साँक्षी छन् वहाँ
०८-०४-२०१४ 

No comments:

Post a Comment