- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 10 May 2014

सन्तोष माबुहाङ् 'अनसन'

  सन्तोष माबुहाङ् 'अनसन' जीका केस्राहरु 

सन्तोष माबुहाङ् 'अनसन'
तेह्रथुम,हाल-मलेसिया 
 'शिवरात्री'

शिव बौलाएको दिन
तिर्न नसकेर रिन

यस्तो पनि पर्व हुन्छ
सन्सार मै मुल्यहिन

पार्वती भागेको दिन
शिव रुप मान्दै घिन
२६-०२-२०१४

 'याद'



सधैं सताउछ
पीडा बढाउछ

नदुखेको मुटु
व्यर्थै दुखाउछ

धेरै सताउछ
मन अत्याउछ
२६-०२-२०१४

 'भाग्य'

लेखेर नलेखिने
खेदेर नखेदिने

तारको बारले
छेकेर नछेकिने

आफैंले नलेखिने
खोजेर नभेटिने
२५-०२-२०१४  

"मान्छे"

समयको दास
खोजी हिड्छ गाँस

चित्त नबुझेमा
बस्छ उपवास

ईश्वरको दास
गर्छ सधैं आश
२४-०२-२०१४

 "जवानी"

सबै लाई आउछ
गाउँ बेशी छाउछ

युवा युवती लाई
मोहनि नै लाउछ

एकै पल्ट आउछ
धेरै गीत गाउछ
२१-०२-२०१४

No comments:

Post a Comment