- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 3 May 2014

प्रेम श्रेष्ठ “दीन”

    प्रेम श्रेष्ठ “दीन” जीका केस्राहरु 

- प्रेम श्रेष्ठ “दीन”
संखुवासभा,हाल:- मलेसिया
  "सत्य" 

मायामा दिदाँ धोका
फुट्यो पानीको फोका

बिछोड हुदाँ सबै
को छन र ! नरोका

दिएपछि त्यो धोका
खुल्दो रहेछ ढोका
०८-१२-२०१३

   "अस्वीकार"



अहँ म तिम्रो कुरा मान्दिनँ
अब कहिल्यै आफ्नो ठान्दिनँ

अहिलेसम्म जे भयो भयो
गल्ती मेरो या तिम्रो जान्दिनँ

लाख बिन्ती गरे नि मान्दिनँ
चुडिएको डोरी त्यो तान्दिनँ
०७-१२-२०१३

  "हेला"

नगर्नु कसैलाई हेला
परिएला नि फेरि फेला

दुःखीलाई नहेप सधैँ,
सास नजाला मर्ने बेला

दुःखीलाई नगर हेला
सेवा गर पारेर भेला
०५-१२-२०१३

   "परिवर्तन"

त्यो चौबन्दी चोली कता फाल्यौ
ढाकाको फरिया कता हाल्यौ

नेपाली चेली चिन्नै गार्हो भो
फरिया च्यातेर कता टाल्यौ

इज्जत तिम्ले पानी मै फाल्यौ
धमिलो पानीले पो पखाल्यौ
०८-१०-२०१३

No comments:

Post a Comment