- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 6 May 2014

रोमन पीडा

         रोमन पीडा जीका केस्राहरु 

 "प्रस्ताव"
- रोमन पीडा 
पाँचथर,हाल- रेगिस्तान 

रातो गुलाफ बोकेर
आयौ मलाई रोजेर

जीवन सगै जिउने
पिरती लायौ सोचेर

अथाह मायाँ बोकेर
मुटुमा नाउ कोपेर
१४-०२-२०१४

   "नेता"



सभा सम्मेलनमा पस्यो
भव्य छलफलमा बस्यो

भाषण गर्दै ठूला- ठूला
जनता सामु चिप्ले घस्यो

उ सिहदरबार पस्यो
विषालु सर्पले झै डस्यो

  "चोला"

अजम्बरी छैन चोला
छ भने कसको होला

हाम्रो जिन्दगानी पक्कै
भोलि बगीजाने खोला

फर्किन्दैन हाम्रो चोला
चढेर चित्तामा शोला
३१-०१-२०१४

 'प्रस्ताव'

एउटा पत्र आयो
कौतुहल नै छायो

खोलि पढेर हेरे
प्रेमको मोह पायो

प्रेम प्रस्ताव आयो
अदृष्य मायाँ लायो

  'दाईजो'

साईलीले ल्यायो सुन
काईलीले ल्यायो घुन

लोभी लोग्ने रिसाएर
बर्बरायो भुनभुन

सर्वस्व नै ठान्यो सुन
दाईजोमा भूल्यो जून 
२४-१२-२०१३

No comments:

Post a Comment