- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 8 February 2013

केशर सुब्बा

        केशर सुब्बा जीका केस्राहरु

   - केशर सुब्बा
पंचमी-२,साम्रे,पाँचथर
हाल-मलेसिया
"पश्चताप"

धेरै बिन्ति बिसाँए
आज आफै रिसाँए

थाहा पाँए बैगुनी 
अनि आशा चिसाँए

व्यर्थै बिन्ति बिसाँए
आलो मुटु पिसाँए।
                          १३-०१-२०१३

"अपच"



नभन प्रिय घोचेर
बोल है संधै सोचेर

नखान पाइन्छ नरुचे
हुँदैन मायाँ कोचेर

नबोल कैले घोचेर
बल्दैन आगो ठोसेर।
                          १२-०१-२०१३

"हार"

बैरीको हाँसो नपार
जे भयो आँशु नझार

बाँच सधै साहसमा
आँसुले आशा नबार

सत्रुको खुसी नपार
बाँच्नुमा बाजी नहार।
                             ३१-१२-२०१२

"मुग्लान"

बोकेर झोला
तरेर खोला

घर छोडी आए
एक्लो छ चोला

भिरेर झोला
भोली के होला ?
                   २१-१२-२०१२