- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 3 February 2013

केहि केस्राहरु-१ (२०१३)

मनि "गोठाले",सन्जिब राई,भक्ति प्र.पौड्याल र सानु विस्मात जीका केस्राहरु

"नतिजा"

सताउछ पलपल
सधैं आउँदा मिसकल

खोलापारीको संगत
बग्यो रुपियाँको भल

अब घर जाने पल
आँखामा आँशु छलछल।
                                   ३०-०१-२०१३
[दृष्टान्त:- मलेसियामा नेपालीहरु माझ "खोलापारी" प्रचलित शब्द भई सकेकोछ।यसको सांकेतिक अर्थ "इन्डोनेसिया" हो।]
- मनि राई "गोठाले"
सुनसरी,हाल- मलेसिया
************************************

"मेला"

माईबेनी मेला
हिउँदको बेला

ए..! सोल्टनी कान्छी
गरौला है रेला

माईबेनी मेला
दौंतारीको भेला।
                       १४-०१-२०१३
-सन्जिब राई
झापा,हाल- मलेसिया
*************************************
"बेथिति"

अधिकार बाँडियो
कर्तव्य त गाडियो

सहमति नहुँदा
संविधान माडियो

कुर्सी कहाँ बाँडियो ?
राजनीति भाँडियो।
                             ०२-०१-२०१३
- भक्ति प्रसाद पौड्याल
मोरंग
***********************************

"पछुतो"

तिमीलाई मन पराएँ
तर भन्न चाहिं डराएँ

त्यही भुल भयो मबाट
पछि सम्झी रोए कराएँ

मनमनै मन पराएँ
व्यर्थै निद मेरो हराएँ।
                                १३-१२-२०१२
-सानु विस्मात
खोटांग,हाल- यु.ए.ई.