भरत अधिकारी जीका केस्राहरु
![]() |
-भरत अधिकारी तनहुँ,हाल-मलेसिया |
"उपदेश'
ताल तिम्रो भिन्न
सकिन खै चिन्न
नफाल इज्जत
पाईदैन किन्न
नहुनु है भिन्न
नैतिकले दिन्न।
ताल तिम्रो भिन्न
सकिन खै चिन्न
नफाल इज्जत
पाईदैन किन्न
नहुनु है भिन्न
नैतिकले दिन्न।
०८-०२-२०१३
"सम्झना"
तिम्रो गहमा भरिंदा आँशु
खुशी बनेर कसरि हाँसु
सकिन मैले रोकेर रोक्न
टुटेको मुटु कसरि गाँसु
सम्झनामा संधै झरी आँशु
सुकाउदै छ ज्यानको मासु ।
०६-०२-२०१३
"विछोड"
दुखायौ मन
थिएन धन
बनायौ एक्लो
रुन्दैछु झन
बुझिएन मन
अनौठो त्यो पन ।
०२-०२-२०१३
"नेता"
सिपालु छ कुरा लाउन
लाज छैन गाउँ आउन
पटक झुक्यायो यसले
सकेन खै खुशी छाउन
फेरी आयो कुरा लाउन
गाउँलेलाई झुक्याउन ।
०१-०२-२०१३
"धोका"
गयौ धोका दिएर
बसें आँशु पिएर
चिन्ता हुँदा मनमा
गयो बैंश खिएर
मन मुटु दिएर
बसें पीडा लिएर।
गयौ धोका दिएर
बसें आँशु पिएर
चिन्ता हुँदा मनमा
गयो बैंश खिएर
मन मुटु दिएर
बसें पीडा लिएर।
०१-०२-२०१३