- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 25 June 2013

खेमराज "गाउँले"

     खेमराज "गाउँले" जीका केस्राहरु 
- खेमराज "गाउँले"
लिबाङ,रोल्पा 

“याद” 

भेट हुन्थ्यो चौतारीमा
कहिले सालघारीमा

गाई चराउँदै सँगै
कहिले सँगै बारीमा

सधैंजसो चौतारीमा
सजिन्थिन् उनी सारीमा ।
०५-०६-२०१३

“प्रेम” 



भेट हुँदाखेरि
लजाउँदै हेरी

चिनजान गर्न
भेट भयो फेरि

सधैं भेट्दाखेरि
उनी भइन् मेरी।
०१-०६-२०१३

“शंका” 

विस्तारै विस्तारै मनभित्र पस्छ
थाहै नपाई डेरा जमाई बस्छ

वास्तविकता जान्ने प्रयास हुन्न
रीसको ठूल्ठूला खाडलमा खस्छ

खोजी खोजी कम्जोर मनमा पस्छ
अनि शंकालु बनि खरानी घस्छ।
२९-०५-२०१३

“निन्द्रा” 

अल्छि गरी सुत्‍ने बानीले
सुतेकै भेट्छ बिहानीले

भोक र प्यास भन्दा ठूलो
साथ नि दिन्छ सिरानीले

राम्रो हैन यस्तो बानीले
तर सताउँछ जवानीले ।
२७-०५-२०१३

"धोका"

सकियो आस
रोकियो सास

गल्ती त मेरो
थिएन खास

बाँकी थ्यो आस
बनायौ लास ।
१८-०५-२०१३