- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 9 June 2012

मौलश्री लिम्बू

           मौलश्री लिम्बू जीका केस्राहरु


"अनिधो"

- मौलश्री लिम्बू
झापा,हाल- मलेसिया  

फूलें
झुलें

तिमीमा
घुलें

फूलें
भूलें

     १२-०५-२०१२ 

"प्रेम-पत्र"

पत्र पठाएँ
अनि डराएँ

बढ्यो धड्कन
अझ सुर्ताएँ

गथासो पठाएँ
बेचैनी बढाएँ
       ११-०५-२०१२


"गाउँ"

हुर्किएको प्यारो गाउँ
भएछ मुसाफिरको ठाउँ

मतलव हुँदा -आफ्नै
विरक्तिएर कतै जाउँ

विश्रान्ति थलो भएछ गाउँ
मन भन्छ विदेशै धाउँ
              ०७-०५-२०१२

"वैश"

आमा वैश कहिले आउँछ..?
जव फूलमा भमरा धाउँछ

बागतिर हेर्दै छोरी बोलिन्-
भमराले फूल छुट्याउँछ..!

कम्लहरीको वैश काँ आउँछ
फूल्छ ओईलाउँछ 
                           २०-१२-२०११


[    केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि  कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]