![]() |
- मन कुमार पारघरी "तुखेसा" तेह्रथुम,हाल- कतार |
सम्झनामा रुँदैछु
आँसुले पीर धुँदैछु
अरु सबै हाँस्दैछन्
रुने एक्लो हुँदैछु
धुर-धुरी रुँदैछु
तस्बिर पो छुँदैछु।
२८-०८-२०१२
"निष्ठुरी"
तिमीले माया मार्यौ नि
आँसु नै मेरो झार्यौ नि
मलाई छोडि अर्कैलाई
माया जालमा पार्यौ नि
ज्युँदै मलाई मार्यौ नि
दिलको कुना बार्यौ नि!
२६-०८-२०१२