साथी समिर जीका केस्राहरु
![]() |
- साथी समिर झापा,हाल- यु.ए.ई. |
"आग्रह"
पैसाको पछि हुरुक्क नहुनु
हार्दैमा बाजी तड्पेर नरुनु
ईमान तिम्रो नबेच्नु कहिल्यै
पराई पाऊ झुकेर नछुनु
गन्तव्य भेट्न आलस्य नहुनु
साहस तिम्रो आशुँले नधुनु ।
"चेतना"
पैसाको पछि हुरुक्क नहुनु
हार्दैमा बाजी तड्पेर नरुनु
ईमान तिम्रो नबेच्नु कहिल्यै
पराई पाऊ झुकेर नछुनु
गन्तव्य भेट्न आलस्य नहुनु
साहस तिम्रो आशुँले नधुनु ।
"चेतना"
यो भेदभाव आऊ हटाऊँ
सामंती सब डाँडा कटाऊँ
निमुखा माथि अन्याय गर्ने
ती शोसक लाई धुलो चटाऊँसामंती सब डाँडा कटाऊँ
निमुखा माथि अन्याय गर्ने
त्यो दिलको मैलो आजै हटाऊँ
एकता भाव सबैमा रटाऊँ ।
२९-०८-२०१२
"दुखेको यथार्थ"
मानिसको बिग्रदैछ नीयत
पुग्ला कहाँ यसरी यो जगत
कमजोर कोहि छैन सायद
लाछीले'पो देखाऊँछ ताकत
मानव झै हुनु पर्छ नीयत
गुम्नु हुन्न बचेको त्यो ईज्जत।
२०-०८-२०१२
“आर्तनाद”
मन टुटेर छुट्दैछ चित्कार
किन अचेल हुदैछु दोधार
जित्ने रहर थियो नी अवस्य
हार खाएर माग्दैछु गुहार
नसुन्दा कसैले मेरो चित्कार
हुँदैछु सन्सार बाट फरार ।
२०-०८-२०१२
“सहिदको चित्कार”
हाँसेर हेर्छौ देश जलेको
बर्षौ'भो यसरी'नै चलेको
नीयत कि नीयती बुझिन
सायद दैवले नै छलेको
सहन सक्छु आत्मा जलेको
सक्दिन हेर्न झण्डा बलेको।
१५-०८-२०१२