- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday, 6 October 2012

केस्राको हरफ समायोजन

                            केस्राको हरफ समायोजन

          'केस्रा''को प्रचलित संरचना र मान्यतामा रहेर लेखिने निश्चित 'छ' हरफको सृजना ''केस्रा'' हो।कारणवश वा संरचनालाई हेरफेर गरेर लेखिएमा ती ''ढाँचा केस्रा'' हुन।प्रचलित 'छ' हरफलाई तीन हिस्सामा समायोजन गरिएकोछ।पहिलो दुई हरफको समायोजनलाई ''उठान'',दोश्रो समायोजनलाई ''विश्राम'' र तेश्रो समायोजनलाई ''बैठान'' भनिन्छ।सामान्यतय:''केस्रा''को यो बाह्य स्वरूप हो।हिस्साका
प्रत्येक हरफहरु एक-अर्कामा परिपूरक हुनु पर्दछ र समायोजन गरिएका तीनै हिस्साहरु एकै विषयसंग सम्बन्धित हुनु पर्दछ।पहिलो हरफको जिज्ञासालाई दोश्रो हरफ वा उक्त हिस्साले अनिवार्य निरुपण गरिरहनु पर्दैन बरु ''उठान''ले उजागर गरेको विषयलाई ''विश्राम''ले अनिवार्य खुलासा गर्नु पर्दछ र ''बैठान''ले सो विषयको निराकरण तथा आफ्नो तार्किक निष्कर्ष दिनु पर्दछ।''उठान'' कै विषयवस्तुलाई केन्द्र मानेर निष्कर्ष दिनु पर्ने भएकोले ''बैठान''को पहिलो हरफमा ''उठान''को पहिलो ''अनुप्रास''अनिवार्य दोहोर्याउनु पर्दछ।''केस्रा''लाई वजनदार वा प्रभावकारी बनाउनका लागि ''बैठान''लाई सकेसम्म कौतूहलता,सूक्ष्मदृष्टि,सांकेतिक तथा वैचारिक ढंगले टुंग्याउनु पर्दछ।'केस्रा''को प्रत्येक हरफहरुमा अल्पविश्राम वा मध्यविश्रामको अनिवार्यता छैन।

[दृष्टान्त: उपर्युक्त आलेख केस्रा विधाको प्रारम्भिक चरण अन्तर्गत फेसबूकमा लेखिएको हो।-२७-१०-२०११] - मौलश्री लिम्बू