- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 14 January 2014

कृष्ण उदासी

    कृष्ण उदासी जीका दुई केस्रा 

- कृष्ण उदासी
उर्लाबारी,मोरंग 
 "राजनीति" 

कुर्सीको सँधै तानातान
अन्जान होईन जानाजान

जसको शक्ति, उसकै भक्ति
सार्थक छ नेपाली उखान

एकअर्कामा तानातान
कोही मान्दैन संविधान 

 "बाढी" 



झरी परेपछि आउँछ
जे भेटे पनि बगाउँछ

बौलाएर अनौठो गरी
ठूलो उत्पात मच्चाउँछ

कमजोर गाउँमा आउँछ
दुःखी जनता रुवाउँछ 
०४-०८-२०१३
[कृष्ण उदासी जीका पूर्व प्रकाशित केस्राहरु अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ]

No comments:

Post a Comment