- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 4 January 2014

केस्रा:- वार्षिकोत्सव [फेसबूक]

        फेसबूक: 'केस्रा' विधाको दोश्रो वार्षिकोत्सव  

       नयाँ वर्ष २०१४ को उपलक्ष्यमा सम्पूर्ण श्रष्टा,केस्रा सर्जक,साहित्यानुरागी,शुभचिन्तकहरुमा सु-स्वास्थ्य,दीर्घायु साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

२०१३ मा केस्रा सम्बन्धी-गतिविधि :

* २०१३/२०७० बैशाख, “केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज” प्रकाशन/लोकार्पण, काठमाडौं ।
* २०१३/२०७० असार, “केस्रा-सिर्जना अनुशीलन”कार्यक्रम उर्लाबारी,मोरंग।
* २०१३ जुलाई, “केस्रा-दस्तावेज” विमोचन [संस्करण-मलेसिया] एवंम् “केस्रा-अन्तरक्रिया” कार्यक्रम क्वालालम्पुर,मलेसिया ।
* २०७० असार, ‘केस्रा-दस्तावेज’समिक्षा <भुपेन्द्र तिम्सिना> ‘ब्लाष्ट’दैनिक पत्रिका,धरान ।
* २०७० असोज, ‘केस्रा-दस्तावेज’ परिचय/विधा-समिक्षा <श्रीओम श्रेष्ठ ‘रोदन’> ‘मधुपर्क’ मासिक पत्रिका,काठमाडौं ।
* पत्र-पत्रिका:- ‘द गोर्खाज’साप्ताहिक काठमाडौं,’सन स्टार’ साप्ताहिक रोल्पा,’नेपाली खबर’ साप्ताहिक मलेसिया,’श्रम साप्ताहिक’ मलेसिया,’नेपाल पृष्ठभूमि’ सा.मलेसिया। विभिन्न:- वेवसाईट,ब्लग।
* २०१३ डिसेम्बर / २०७० मङ्सिर , राज आङ्देम्बे ‘सहयात्री’ द्वारा केस्रा विधा कै पहिलो एकल केस्रासंग्रह ‘सहयात्री’ प्रकाशन।[नोट:- चाँडै लोकार्पण हुँदैछ।२०१४/२०७० पौष २० गते,फिदिम,पाँचथर।]
* २०१४ आजको मितिदेखि साहित्यमा “केस्रा” विधाले दोश्रो वर्ष पार गरि तेश्रो वर्षमा प्रवेश गरेको छ ।
[साहित्यमा ‘केस्रा’ विधाको घोषणा तथा सार्वजनिक १ जनवरी २०१२]
- केस्रा लेखन मञ्च ।

*******      *******    *******     *******
                                             शुभकामना तथा बधाई 
 
         अग्रेँजी नयाँ बर्ष २0१४ सँगै केस्रा विधाको दोस्रो बार्षिकोत्सवको पावन अवसरमा तमाम केस्रा परिवार एवं केस्रा प्रेमी मनहरूमा हार्दिक प्रगति/सुख शान्ति र सु-स्वास्थ्यको मगंलमय शुभकामना ज्ञापन गर्दछु ।

केस्रा प्रवक्ता :- कृष मगर 

"सन्देश"

नसोँच्नू जिन्दगी मेरो मात्रै भनी
हुनुपर्छ त्याग आफूभित्र पनि


निस्वार्थ भै गर्नू सेवा सबैलाई
पाप धर्म भन्ने आफैँभित्र छ नि


लाग्नुपर्छ पूण्य कमाउँछु भनि
बन्नुपर्छ मान्छे हृदयको धनी ।
*******      ********       *********

       "नेपाली साहित्य विधा "केस्रा" को मूल्य र पहिचान" 

- राज आङ्देम्बे "सहयात्री"
पाँचथर,हाल-मलेसिया 
        सर्बप्रथम त नेपाली साहित्य विधा "केस्रा"को दोश्रो वार्षिकोत्सव संगै नयाँ वर्ष २०१४ पावन अवसरमा देश विदेशमा छरेर बस्नु भएका आम केस्रा प्रेमी तथा साहित्य मनहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।नेपाली साहित्य बिधा " केस्रा" को जन्म भएको पूरा दुई वर्ष टेकेर तीन वर्षमा प्रवेश गर्दैछ। कामना गर्दछु की यो फड्कोले अझै "केस्रा" प्रेमिहरुको जमात बटुल्ने छ। नेपाली साहित्यको प्रगति र उन्नति दिनदिनै तीव्र गतिमा अगाडि बढिरहेको छ। यसको संरक्षण र संवर्द्धन संगसंगै धेरै विधाहरुको जन्म अनि न्वरन पनि हुँदै आएको छ। यद्धपि ती विधाहरुले आ-आफ्नो छुट्टै पहिचान बनाऊन असक्षम भएको भने बिल्कुलै होइन। यसै सन्दर्भमा "केस्रा" बारे मेरो सानो विचार आज पोख्दै छू।
        नेपाली साहित्यमा " केस्रा" विधा सबै विधा भन्दा कान्छो विधा भएपनि यसले सबैको माया भने उतिक्कै पाएको छ र देखिन्छ। "केस्रा" आफ्नो पहिचान र मान्यतासंग पनि निक्कै कडा संघर्ष र मेहनत गर्दै अगाड़ी बढ़ी रहेकोछ। फलस्वरूप उतिक्कै स्वादिष्ट तरिकाले फल पनि प्राप्त गरी नै रहेकोछ । "केस्रा" जन्म भएको वर्ष दिन पछि नै केस्रा विधाको "दस्तावेज" प्रकाशन भईसकेको छ। यसैको अलवा केहि समय पछि केस्रा विधा कै पहिलो एकल संग्रह "सहयात्री" पनि प्रकाशन साथै बजार मा आउने छ। यसो हनुमा पक्कै केहि हुनुपर्छ भन्ने जिज्ञासा तपाई हामीमा लागेको हुनै पर्छ "राम्रो कामको लागी देउरालिमा फूलपाति चढाएर मात्र हुँदैन पुजारीको पनि उतिक्कै महत्व र आवश्यक हुन्छ।‘ मेरो नजरमा "केस्रा" मेरो शरिरको एक मात्र ज्ञानेन्द्रिय भाग अथवा एक तन्तु हो,त्यो तन्तु विना मेरो सिंगो शरीर चलमल गर्नै सक्दैन मेरो सिंगो शरिरलाई स्फूर्त र स्वस्थ्य बनाई राख्न उतीकै ठुलो भूमिका खेलेको हुन्छ त्यो तन्तुले। गजल,रुवाई-मुक्तकसंग यसको संरचना मिल्छ भन्नु मलाई उचित लाग्दैन। जस्तै:- गुलाब,कमल, सुनाखरी,लालुपाते,बेली,मखमली,सयपत्री' यी सबैलाई फूल भनेर सम्बोधन गरियो भने अपशोच प्रश्नहरु यहाँ खडा हुन सक्छ: कस्तो फूल? कुन फूल?कुन प्रकारको फूल? हो यस्तै-यस्तै जिज्ञासाहरुको प्रतिजवाफमा फूलको पछाडि संज्ञाको महत्वपुर्ण विशेषता हुन्छ। त्यसैले संसारमा कुनै पनि नौलो कुराहरुको जन्म हुनु अभिशाप होईन केवल समयको माग हो ।
"शुभकामना" 

हिमाल झैँ अटल शिरहरू
इमान का हामी अमिरहरु

रंगिएर पुर्खाको रगतले
चम्कोस सारा तकदीरहरू

नझुकोस नेपाली शिरहरू
नदुखोस गोर्खाली वीरहरू।
- राज आङ्देम्बे "सहयात्री"

****   ******    *****     ******
- "झरी" दान राई 
उदयपुर,हाल- मलेसिया 
"शुभकामना" 

सर्वप्रिय बन्दै जाउ फूलै सरी
मग्मगाई साहित्यको फाँटै भरी

यहीं शुभकामना छ तिमीलाई
मनै देखि मेरो लाखौं थरी थरी

साहित्यमा फूल तिमी फूल सरी
ज्ञान दिप बनी संधै ज्योति छरी

        नेपाली साहित्य रामायण जस्तो महाकाव्यबाट स्थापित भएको थियो । समयसंगै विभिन्न विधाको आविस्कार हुँदै गयो खण्डकाब्य , उपन्यास , कथा, निवन्ध, जीवनी, नाटक , संसमरण, पत्र-साहित्य , कविता आदी। प्रगतिशील र परिवर्तित समयसंगै यस्मा पनि फरक फरक विचार बन्दै जाँदा विभिन्न वादहरु बने
। यसरी नै भौतिक विकास संगसंगै पछिल्लो समयमा आएर मान्छेहरु अत्यन्तै व्यस्त हुने हुनाले साहित्यिकहरु पनि छोटो छोटो रचनामा परिणत हुँदै आए गजल, मुक्तक फुटकर कविता , गीत , रुबाई , ताङ्का , घोचो, हाईकु, तियाली, र यो केस्रा यसका उदाहरण हुन ।
       अब यहाँ प्रसंग जोडौं है त, आज केस्रा विधाले दोश्रो वार्षिकोत्सव मनाई रहेको छ ।असाध्यै खुशी छु र हार्दिक शुभकामना व्यक्त पनि गर्दछु। हो साँच्चै नै भन्नु पर्दा आज साहित्यिकाशमा हामी साहित्य प्रेमीहरु सबै सबैको प्रिय बन्न सफल छ यो केस्रा विधा ।अस्ति भन्दा हिजो,हिजो भन्दा आज झनै मगमगाई रहेको छ। यस्को रसपान गर्न साहित्यक प्यासीहरु ह्वात्तै बढेको महसूस गरेकोछु मैले। हुन पनि त साँच्चै रसिलो पोटिलो र चोटिलो हुन्छन् नि त केस्रा ।६ हरफमा यानिकी ६ पंक्तिमा अनुबन्धित रही सजिएको हुन्छ केस्रा ।
यि ६ पंक्तिलाई पनि ३ भागमा विभाजन गरिएको छ ।किनकी लेखक संगै हरेक पाठकहरुलाई पनि सहज होस् भनी पहिलो दुई पंक्तिलाई 'उठान' भनी नामांकन गरीएको छ। "जस्ले प्यास लाग्दा पानी पिईन्छ हो त्यो प्यास मेट्ने पहिलो घुट्को" ।दोश्रो दुई पंक्तिलाई 'विश्राम' भनी नामांकन गरिएको छ "जस्ले प्यास बीचको दोश्रो घुट्कोको काम गर्छ" ।त्यस्तै तेश्रो भाग यानिकी अन्तिम दुई पंक्ति यस्लाई 'बैठान' भनी नामांकन गरिएको छ "जस्ले पुरै प्यास मेटेर आनन्द दिन्छ अन्तिम घुट्को" ।हो त्यसैले त आज हामी सबैको प्रिय बन्न सफल छ त केस्रा विधा ।
       आज भन्दा भोली,भोली भन्दा पर्सी झनै सबैको प्रिय प्रिय बन्दै जाओस् यही शुभकामना छ ।साथै यस केस्राका जन्मदाता  श्री मौलश्री लिम्बु सर लाई हार्दिक धन्यवाद बधाई साथै सफलताको हार्दिक शुभकामना ।
- "झरी" दान राई
उदयपुर

******     ******    *******     *****
          पछिल्लो समयमा आएर जानकारीनुसार साहित्य भण्डारमा "केस्रा" विधाले आफ्नो दोस्रो बार्षिकत्सव मनाउन सफल भएकोमा समस्त केस्रा विधा
परिवार लगायत केस्रा स्रजक तथा प्रेमिगणमा अंग्रेजी नयाँ बर्ष २०१४ संगसंगै सगोल मै पूर्ण सफलताको हार्दिक-हार्दिक शूभेच्छा !
- देशु सुब्बा 

"शूभकामना"

यस्तो अब एक निर्णय बनाउ
हरेकको तन-मन लुट्दै जाउ

जीवन अनि जगत साक्षी भाकि
प्रेमिल हृदयमा सधैं बसाउ

मानविय भावना एक बनाउ
सिङ्गो साहित्य आकाशमा अटाउ ।

******    ******       *********

      अंग्रेजी वर्ष २०१४ संग संगै नेपाली साहित्य विधाको अर्को विधा "केस्रा"ले पनि यसै समय दुई बर्ष पुरा गरि तीनमा प्रवेष गर्दै गर्दा यो समयसंगै बार्षिकोत्सव परेको हुदा खुसि महसुस् गरेकी छु र कामना छ मेरो ! जसरि २०१३ मा केस्रा प्रेमी मनहरुको मन जित्न सफल भएको थियो त्यो भन्दा बेसी नयाँ हौसला सहित केस्रा प्रेमीहरुको जमात् अझै धेरै बढ्नेछ भन्ने भरपुर विश्वास राखेकी छु।

- मीना पुमा राई
खोटांग,हाल- लेवनान 
"शुभकामना" 

केस्रा तिमीलाई शुभकामना
निरन्तर रहोस् मीठो भावना

जित्नु तिमीले पाठकको मन
नबनोस् है फेसबुके साधना

वार्षिकोत्सवको शुभ-कामना
बन्नु तिमी साहित्यको गहना ।


********    *******     *******
.....शुभकामना  तथा बधाई आदानप्रदान ... अन्य केस्रा सर्जक साथै शुभचिन्तकहरु ।

[ 'केस्रा' विधाको दोश्रो वार्षिकोत्सवका लागि फेसबूक मार्फत  शुभकामना तथा बधाई आदानप्रदान  गर्नुहुने सम्पूर्ण केस्रा सर्जक ,शुभचिन्तकहरुमा  हामी हार्दिक आभार व्यक्त गर्दछौ । - केस्रा लेखन मञ्च ]

No comments:

Post a Comment