- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 21 January 2014

प्रेम श्रेष्ठ 'दीन'

      प्रेम श्रेष्ठ 'दीन' जीका केस्राहरु 

प्रेम श्रेष्ठ 'दीन'
संखुवासभा,हाल-मलेसिया 
"झगडा" 

झिरीमिटी बल्यो आगो दनदन
सासु-बुहारीको पर्यो गनगन

बुहारी पनि सासु हुने रीत छ
ब्यर्थै किन गर्ने बेकामे गन्थन

सानोबाटै आगो बल्छ दनदन
एकैछिन मै निभोस् यो भनाभन
१०-०५-२०१३

 "विदेश"



देखियो तोरीको फूल
विदेश जाँदाको भुल

यध्यपि सबै यतै पो
आउँने हुलका हुल

विदेश काँडा कि फूल ?
सोचौं है! यो कुरा मूल
०२-१०-२०१३

  "नारी"

मान्छेको सृष्टि गर्ने नारी
जन्माए आफैलाई मारी

हेला गर्छन् सृष्टिकर्तालाई
अनि लुट्छन् स्वार्थमा  पारी

धरती जस्तै हुन नारी
सबैको ईज्जतको सारी
२९-०९-२०१३

 "मृत्यु"

अपराध गरे त लाग्छ पाप
भगवानले नि गर्दैन माफ

अपराध कै त कारण बन्छ
मानिसको एउटा मृत्यु छाप

वर्तमानमा देखिँदैन पाप
भविष्यमा हुदैन फलिफाप
१२-०९-२०१३

"स्फुरण"

न रह्यो मुरली न रह्यो बाँस
न रह्यो कुखुरा न रह्यो हाँस

मति बिग्रीए पछि  घर न घाट
न रह्यो बारी न त रह्यो घाँस

अन्त्येष्टिमा पनि चाहिन्छ बाँस
न रह्यो आली न त रह्यो मास 
०९-०९-२०१३

No comments:

Post a Comment