- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday, 31 December 2014

केहि केस्राहरु:- ९ [२०१४]

चतुरमान ,सी.पि.लिबांग , दर्शन योङ्हाङ् र केशर सुब्बा जीका केस्राहरु 

“नकाव"

अभावै अभावमा
तनावै तनावमा

म भई रहेछु सानो
दवावै दवावमा

साथको अभावमा
देखिएँ नकावमा ।
१३-१०-२०१४
- चतुरमान राई 
ओखलढुंगा, हाल- मलेसिया 
###  ***  ###

“जोवन”

कहिले हाँसो त कहिले रोदन
यस्तै रहेछ,दुई दिने जोवन

जे जे छन् मनभित्र रहरहरू
पुरा गरिहाल नपर दोमन

उतार चढाव हाँसो र रोदन
भई रहन्छ,चलुन्जेल धड्कन।
०९-१०-०१४

“तिम्रो जोवन”

फूल्को थुँगा जस्तो तिम्रो जोवन

Monday, 29 December 2014

समाचार:- विजय धिमाल

    दिलिपको सिम्मा मलेसियामा विमोचन हुँदै

विजय धिमाल
उर्लावारी पौष १०
       हामी नेपाली प्राकृतिक, संस्कार, सास्कृतिकले मात्रै धनि छैनौ, हामी साहित्य विधा प्रति पनि उतिकै धनि छौ । साहित्य भित्र पर्ने कथा, कविता, गजल, मुत्तक, गीत, हाइकु जस्ता अनेकौँ हरेक साहित्यिक रचनाहरु लयबद्धध पढ्दा र सुन्दा अति आनन्द महसुस पक्कै हुनेगर्दछ र हुनु स्वाभाविक हो ।
        भन्छन् यस्ता लेख्ले व्यक्तिहरु वा साहित्यकारहरु धुम्रपान गर्ने, मध्यपान गर्ने, दुःख, दर्द, र प्रेमबाट धोका खाएकाहरुले लेख्ने गर्दछ । वास्तविक कुरा केहो ? साहित्यकारहरुलाई सोध्दा र उनिहरुसंग बुझ्दा त्यस्तो नभएको बताउछन । साहित्य विधा जो कोहिले पनि अंगाल्न सक्छन तर यस्को पनि नियम छ । साहित्यको नियम अंगालेर कलम चलाए जो कोहि पनि साहित्यकार बन्न सक्छ । साहित्यले यति सम्मकी मानवको अन्तरवेदना प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा छर्लङ प्रस्तुत गरिहेको हुन्छ । यतिमात्र कहाँहोर प्रकृति, राजनिति, सामाजिक, जाति, भाषा, संस्कार, संस्कृति, विकृति, विसंगति, बैदेशिक रोजगार, माया प्रिति, समसामयिक लगायत अनेकौँ कुराहरुमा मानव प्रति सुचना, संन्देश, मनोरञ्जन, होसियारी, खबरदारी जस्ता कुराहरु दिइरहेको हुन्छ । दिलिप द्वारा रचित र लिखित पुस्तक साहित्य पे्रमिहरु प्रति केस्रा संग्रह “सिम्मा” नामक पुस्तक प्रकाशनमा ल्याएका छन ।
       त्यस्तै बुवा धनबाहादुर आमा विष्णुमाय राई (चाम्लिङ) का छोरो दिलिप राई सगर साहित्य भित्र नयाँ विधा केस्रामा लागिपरेका छन् । उनि यस विधाका प्रवक्ता समेत हुन । उनको जन्म भोजपुरको लेखर्क ३ वैराङ भएता पनि हाल स्थाई रुपमा मोरङको उर्लावारी ४ मा बसोवास रहेको छ । मध्यम परिवारका उनि जिवन यापनको क्रममा वैदेशिक रोजगारमा रहेर पनि फुर्सदको साँघुरो समयको सदुपयोग गरेर नेपाली साहित्य प्रति कलम निरन्तर चलाएको पाइन्छ । उनिले स्वदेश तथा विदेश गरी जम्मा ९ वटा विविध संघसस्थामा रहेर काम गरिसकेका छन । त्यसतै स्वदेश तथा विदेश गरी जम्मा १० ठाउँबाट पुरस्कृत, ४ प्रसंशित, ११ सम्मान हत्याई सकेका छन । हाल सम्म ३ वटा पुस्तक सम्पादन समेत गरिसकेका छन । त्यस्तै हाल केस्रा लेखन मञ्च प्रवर्तक प्रवक्ता, तप्काना लेखन संसारका सल्लाहकार, यात्रा साहित्य लेखन अभियान्ता प्रमुखमा संलग्न रहेका छन । केस्रा विधा नेपाल र नेपालीका लागि नँया वा नलौ विधा हो । यस विधा भिन्न विशेषताहरुको समन्वय निकै जटिल विषय हो । हाल केस्रा विधा विकासकै चरणमा रहेको अवस्था छ ।
       उनिद्वारा रचित त्यहि मायालु ठूलि गिती संग्रह २०५७, सिर्जनाका स्वरहरु संयुक्त गजल संग्रह २०११, नियति लघुकथा २०६९, केस्राको घोषणा तथा दस्तावेज २०१३मियो स्तूप संयुक्त लघुकथा जस्ता सहित्य प्रेमीहरुका लागि र साहित्य क्षेत्रलाई प्रकाशन गरी साहित्य प्रति गहिरो साहित्यप्रेम झल्काएको पाइन्छ । त्यस्तै अझै आगामी दिनहरुमा ४ वटा विधाका साहित्यिक पुस्तक प्रकाशन गर्ने समेत तयारीमा छन । हाल प्रकाशित “सिम्मा” नामक केस्रा संग्रह पुस्तक २०१५ जनवरी १ मा मलेसियाको क्वालालम्पुर स्थित "केस्रा विधाको तेश्रो वार्षिकत्सव" का दिन केस्रा लेखन मञ्च एवम नेपाली केस्रा मञ्च मलेसियाले दिलिपको “सिम्मा” केस्रा संग्रह विमोचन हुने भएको छ । सिम्मा नामक केस्रा पुस्तक राई भाषा बाट साभार गरिएको हो जस्को अर्थ प्रीय छोरी, बहिनी, स्त्री जाति भन्ने बुझउछ । यस केस्रा संग्रहमा नारीलाई उच्च स्थानमा राखिएको प्रष्टिन्छ । आर्को मायाप्रीति, साँस्कृतिक, समसामयिक राजनीति, वैदेशिक रोजगारी, सामाजिक प्रचलन र विकृति लागायतका अनेक विषय सँग सम्बन्धित यस सिम्मामा प्रस्तुत भएको पाइन्छ ।
राजघाट, मोरङ
[ १० पौष २०१४  राष्ट्रिय समाचारपत्र दैनिक  ,उर्लाबारी,मोरंग   ]

Thursday, 25 December 2014

कृष्ण लिम्बू

      कृष्ण लिम्बु जीका केस्राहरु 

"गुनासो"

- कृष्ण लिम्बू
फिदिम,पाँचथर
 
टुक्रा टुक्रा पार्दै सपना
दियौ मलाई किन यातना

तिम्रै शरण पर्दै मैले
गरे पनि सधै उपासना

मारी दियौ किन सपना
ईनाम भयो मेरो प्रार्थना।
०८-०७-२०१४

"बिछोड"

Monday, 22 December 2014

केहि केस्राहरु:-८ [२०१४]

 मनिस धिमाल,सन्तोष माबुहाङ् ,लक्ष्मीमाङ्  चेम्जोंग र मन “तुखेसा”

  “प्रतिक्षा”

बेसहारा जिन्दगीसंग बाच्दैछु
ठाउ ठाउमा मन सार्है भाच्दैछु

पाउछु की भनि तिमीलाई कतै
मनमा मिठो आशाहरु साच्दैछु

तिमी आउने प्रतिक्षामा बाच्दैछु
गनि दिनहरु खुसीले नाच्दैछु ।
२९-११-२०१४
 - मनिस धिमाल   
झापा-१५,हाल- जोहोर,मलेसिया
####  ***  ###

' बजेट '

Friday, 19 December 2014

भरत अधिकारी

         भरत अधिकारी जीका केस्राहरु 

"बन्दुक"
- भरत अधिकारी
तनहुँ,हाल- क्वालालम्पुर,मलेसिया 

विनास निम्ताउने
मानिस तर्साउने

बन्दुक मेरो नाम
युद्धमा लडाउने

झगडा निम्ताउने
दुनिया रुवाउने ।
०८-०९-२०१४

"कलम"

Wednesday, 17 December 2014

नाना रोदुङ्

       नाना रोदुङ् जीका केस्राहरु 

   “महशुस”

नाना रोदुङ्
खोटांग,हाल:- इजराल
 
गाँउ शहर अनि देश दुख्यो
आत्मग्लानिले योमन रुंयो

मान्छे हुनुमा निरर्थक भो
स्वाभिमानसंग नाता टुट्यो

इतिहाँस दुख्यो झुपडी दुख्यो
यी सबै नै दुख्दा शिर झुक्यो।
२१-०९-२०१४

 “आगमन”

Saturday, 13 December 2014

केशर सुब्बा

        केशर सुब्बा जीका केस्राहरु 
- केशर सुब्बा
पाँचथर ,हाल- तेरेङ्गानु,मलेसिया 

   "विवस्ता"

आखिर तिनै मान्छे जोगी
उनै मान्छे जो भयौ रोगी

लेखन्तको नियम होला
देश निखारी भए भोगी

उहि मानव हुँदा जोगी
पेट पाल्न हिड्छन् है ! ढोगी ।
०४-०४-२०१३

"मुर्खता "

Thursday, 11 December 2014

केहि केस्राहरु- ७ [२०१४]

भक्ति प्र. पौड्याल,प्रेम श्रेष्ठ 'दीन' र देशु सुब्बा 'जिज्ञासु' जीका केस्राहरु

"विरोधाभाष"

चोमोलुङ्मा भन्दा अग्ला कुरा
काम भने सवै नै अधुरा

कसैलाई छेउ पर्न दिन्नन्
बोलीभित्र हुँदो रैछ छुरा

अरु गर्छन् काम उनी कुरा
उमेर होला यसैगरि पुरा।
१९-०९-२०१४
-  भक्ति प्रसाद पौड्याल 
 मोरंग
 ####  ***  ###

    “अहंकारी”

Saturday, 6 December 2014

शुभकामना:- "सहयात्री"

                      शुभकामना

        साहित्यलाई जीवनको पर्याय ठानेर यात्रा गर्ने सहयात्री हौं हामी । यही कारण हाम्रो भौतिक परिचय गौण बनेको छ । ललितपुरमा जन्मेको म, पाँचथरमा जन्मेको राज आङ्देम्बे ‘सहयात्री’। काठमाडौंमा काम गर्ने म, मलेशियामा काम गर्ने ‘राज’ । टाढा छौं हामी धेरै टाढा । टाढा भएर पनि नजिक बनाएको छ साहित्यले । साहित्यालाई यसरी नै सम्मान गर्न सकियो भने साहित्य र साहित्यकार सदैव सम्मानित भइरहने छन् ।
    साहित्यमा विविध विधा छन् । लेखन शैली र नवीनताको प्रयोग पनि बढ्दै छन् । ‘केस्रा’ पनि यसरी नै प्रतिपादन भएको छ । नेपाली माटो बाहिर बसेका नेपालीहरुद्वारा खोज गरिएको ‘केस्रा’ को प्रचार र विस्तार पनि अपेक्षाकृत सहज भएको छ । सफलताको द्मोतक पनि हो यो । यो आफ्नो प्रचारवाजीको लागि वा रहरबाजीमा गरिएको अभियान होइन । साहित्यप्रति निस्वार्थ र प्रतिबद्ध भएकै कारण मौलश्रीहरुले

Wednesday, 3 December 2014

केस्रा विधाको आवाँ गार्दिस

    केस्रा विधाको आवाँ गार्दिस राज आङ्देम्बे ‘सहयात्री’
                   
        संभवतः आजभन्दा तीन महिनाअगाडि नेपाली साहित्यमा केस्रा विधाका प्रवर्तक श्री मौलश्री लिम्बूज्यूमार्फत राज आङ्देम्बे ‘सहयात्री’जीले एकल केस्रा सङ्ग्रह प्रकाशन गर्ने तयारी गर्दै हुनुहुन्छ भन्ने जानकारी पाएको थिएँ । अन्ततः आज उक्त केस्रा सङ्ग्रहका लागि टिप्पणी लेखिदिने आग्रहसहित विद्युतीय पाण्डुलिपि मकहाँ आइपुग्दा म अतीनै गर्वित बनेको छु । सन् २०१२ जनवरी १ तारिक मलेसियाको राजधानी क्वालालम्पुरबाट घोषणा भएको यस विधामा अहिले केस्रा लेखन मञ्च लगायत अन्य धेरै जनाले कलम चलाइरहेको देखिन्छ ।
 – सुरेन्द्र लिम्बू ‘परदेशी’
हाल:- भारत 
राज आङ्देम्बे ‘सहयात्री’जीको प्रकाशोन्मुख ‘सहयात्री’ केस्रा सङ्ग्रहको पाण्डुलिपि मैले एकै बसाइमा पढिसिध्याएँ । चुस्त, स्फूर्त, सटीक र बिम्बात्मक केस्राहरूमा समयसापेक्ष सान्दर्भिक खुराकहरू रहेछन् । पढाइको अन्तरालमा जीवन–जगत्, देश–परदेश, मिलन–बिछोडलगायतका यावत विषयहरूमाथि गरिएका जीवन्त प्रस्तुतिहरू भेटिन्छन् । उदाहणार्थः केही केस्राका प्रसंगहरू यहाँ उजागर गर्न म सान्दर्भिक ठान्दछु । जस्तैः–
‘राज’ शीर्षक केस्रामार्फत लेखकले प्राकृतिक प्रकोपबाट हुनसक्ने संकट झल्काएका छन् भने ‘रीति’ शीर्षकीय केस्रा संस्कार–संस्कृतिमाथिको प्रगाढ मोहले लछप्पै भिजेको आभास हुन्छ । ‘अधुरो’ शीर्षक केस्रामा केस्रा  विधाले घोषणा गरेको नीतिनियम र साँधसिमानाभित्र अटाउन शाब्दिक अर्थमा एकदमै कलात्मक तवरले अङ्कको प्रयोग गरिएको भेटिन्छ । जस्तैः- २,४कुराहरू, ५थरे,

Monday, 1 December 2014

नन्द कोयी राई

           नन्द कोयी राई जीका केस्राहरु 

- नन्द कोयी राई
खोटांग,हाल-कतार 
   "चाहना"

अभावको ढाकर बोकेर
हिँडे म देउराली ढोगेर

सपनाको सांगर तर्नु छ
जिन्दगी नै संघर्ष सोचेर

यस्तै मिथ्या सपना बोकेर
निस्के म आफ्नै बाटो रोजेर ।
१-०९-२०१४

   "माया"