- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 23 October 2015

विमल पोख्रेल

      विमल पोख्रेल जीका केस्राहरु
        "सन्देश"
आउँछु पक्कै म यसपाली
सजाउन सिउँदो त्यो खाली
बाँचौला जीवन हासीखुसी
मायाको बाटो पाइला चाली
ढुक्क भै बसें है ! यसपाली
तिम्रो काले आउदैछ काली।
22 जुलाई 2015
***  ***
    "प्यार"
अन्तरजातीय प्यार
सधै सामाजिक मार
सभ्य समाज निर्माण
अँगाल्नु पर्छ यो संस्कार
मन मिलन हो प्यार
नसताउ बारम्बार।
22 जुलाई 2015
***    ***
        "अनभिज्ञ"
के गर्दै होली  उ अन्जान ठाउँ
कस्तो होला नि उसको त्यों गाउँ
के कस्तो छ छैन अझै नि ज्ञान
न थाह ठेगाना न त छ नाउ
छोड़ी गई यो प्यारो जन्म गाउँ
कहाँ होली  कसरी पत्ता लाउँ।
22 जुलाई 2015
***     ***
     "प्रतिज्ञा"
परेली तिम्रा भिज्न दिन्न
हुन्न कहिले पनि भिन्न
रम्दै जीवन बिताउला
तिमी पाए अरु चाहिन्न
मोती झै आँशु झर्न दिन्न
हार्छ दैव यो ख़ुशी छिन्न।
29 जुलाई2015
***    ***
      "काल"
आँखाले देखिदैन काल
आउँछ पाइदैन चाल
लानेछ कुन दिन ज्यान
नगरी कुनै आल-टाल
मृत्युको अर्को नाम काल
छैन यस्लाइ छेक्ने ढाल।
29 जुलाई 2015
***     ***
   "आधुनिक केटी"
मुहार किताबमा फोटो
लगा'कि लुगा साह्रै छोटो
के गर्न खोजकी हो कुन्नि
देखाएर कट्टु र भोटो
हेर्नै लाजमर्दो त्यो फोटो
गरेकी किन बुद्धि खोटो।
30 जुलाई 2015
***    ***
     "हाम्रो नाता"
नाता यो हाम्रो सदैव रहन्छ
रगत बनी नशामा बहन्छ
आउलान् है ! विषम परिस्थिति
जस्तै बज्रपात पनि सहन्छ
जबसम्म चन्द्रसूर्य रहन्छ
कणकणले यो गाथा कहन्छ।
30 जुलाई 2015
***     ***
    "माया बसेछ"
सुस्तरी पदचापमा आईन्
अनि जोडको झट्का लगाईन्
जादू भरिएको त्यो स्वरले
मस्तिष्कमा नै राज जमाईन्
स्वप्न विपना सबैमा आइन्
हरपल सम्झिने बनाईन्।
4 अगस्ट 2015
***    ***
  "बाध्यता"
खाँदैछु  जागीर
राखी टोपी शिर
घरको सम्झना
छैन मन स्थीर
पालेको जागीर
वचनको तीर।
12 अगस्ट2015
- धरान-२७,सुनसरी।हाल- मलेसिया

No comments:

Post a Comment