- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 5 October 2015

केही केस्राहरु-१ (२०७२)

नरेन्द्र खेवा,तिलकराम,अनुराग भक्त र दुर्गा आचार्य जीका केस्राहरु
 
   "जीवन"
     
हतारेको मन
लथारेको तन

बेटुङो कल्पना
सङ्कुचित झन

मरेपछि मन
अर्थहीन जीवन ।
- नरेन्द्र खेवा
शिवसतासी,झापा
***   ***
   "एक्लोपन"

म तिमी बिना रुन्छु
थाहा छैन के हुन्छु

तिम्रो याद आएमा
तस्वीर सधैं छुन्छु

तड्पिएर म रुन्छु
आशुका भेल थुन्छु ।
  - तिलकराम अधिकारी
गुल्मी,हाल- कतार।
***    ***
   "घाति माया"

विश्वास घातको छुरि
मायामा वाह निष्ठुरी

धोका तिमीले नै दियौ
कहाँ गर्दैछौ  उजुरि

कोमल  मुटुमा छुरि
बिन्ति  नहान  यसरी।
      - अनुराग भक्त
बाशुदेबि -२ ,देऊकाँडा डोटी ।
***     ***
 
    "जिन्दगी"

बगेको त्यो खोला
मानिसको चोला

चासो लाग्छ साच्चै
अमर  को   होला ?

बग्दै जाने  खोला
स्पर्शले नै छोला।
- दुर्गा आचार्य
भोजपुर ।
***    ***

No comments:

Post a Comment