- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 1 October 2015

राज तिमिल्सेना

      राज तिमिल्सेना जीका केस्राहरु
 
  "नेपाली राजनीति"

रोडमा जन्ताको हानाहान
नेतालाई  कुर्ची  तानातान

देशभक्तलाई  फाँसी  हुँदा
देशद्रोहीलाई  नै सम्मान

संसद भित्र  छ  हानाहान
छ  सय  एक नै  बलवान।
***   ***
         "वेदना"

यो मुटुलाई निसाना बनायौ
क्रोधमा आएर तिर चलायौ

जुनि भर साथ दिन्छु भन्नेले
किन मेरो त्यो तस्बिर सल्कायौ

अचेल  मलाई  एक्लै  बनायौ
पिरतिको चिनो अन्तै पठायौ ।
***   ***
        "प्रगति"

पैसा कमाउने आधार देखेर
व्यापार गरिन्छ फाइदा हेरेर

उ तेसै मालिक भएको होइन
बिहान बेलुका देउता पुजेर

शत्रु बड्दैछन् है प्रगती देखेर
व्यापारले उस्को गुजरा चलेर ।
***    ***
      "प्रलय"

आयो महामारी प्रलय
भयो छिया छिया हृदय

दिन,महिना  बर्ष  बित्छ
रोक्दा  नरोकिने  समय

यसरी आउँछ  प्रलय
जान्छ  दिएर  परिचय ।
***    ***
  
   "पागल बुढी"

निन्द्रा भङ्ग गरायौ
रात   भरी  थर्कायौ

नाङ्गै हिड्छु भन्नेले
के  सोचेर  लजायौ

जोर  संग  करायौ
गाउँ  भरी  सुनायौ ।
***   ***

    "भाग्य लुटेको मान्छे"

खुसी सबै दुस्मनले लुटेपछि
अभागी मेरो निधार फुटेपछि

ऊ बिना जिउन गाह्रो भो मलाई
उनको मेरो  सम्बन्ध  टुटेपछि

बाँकी रहेको प्यार नि लुटेपछि
गाह्रो हुन्छ अब सत्रु जुटेपछि ।
***   ***                  
 
      "पहिचान"

मौदगल्य गोत्रका सन्तान
ईश्वरका हुन वरदान

सुन्दर शान्त बस्तिहरुमा
बस्छन् है मिलिजुली समान

बस्ती बस्तिमा जुटौं सन्तान
देखाउनु हाम्रो पहिचान ।
***    ***
  
    "म हुँ नेपाली"

यो नेपालिको साहस मर्दैन
वर्तमान युगदेखि  डर्दैन

देशकोलागि यो ज्यान बाजिमा
चाहे युद्ध नै होस् पछि सर्दैन

विरहरुको विरता मर्दैन
सत्रुको भर नेपाली पर्दैन।
- कोटिला-१,बाजुरा।
हाल मलेसिया

No comments:

Post a Comment