- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday, 15 June 2013

केहि केस्रा:- ६ [२०१३]

"आस्था"

वाध्यता साँचेको संगालो
निरास देख्दा ती भीरालो

सोधूँ झैँ लाग्छ जूनलाई
फर्केर आउन उज्यालो

कथा र व्यथाको संगालो

Thursday, 13 June 2013

मीना पुमा राई

      मीना पुमा राई जीका केस्राहरु 

- मीना पुमा राई
खोटांग,हाल-लेवनान 
"याद"

म जन्मे अनि हुर्केको माटो
मैले पाइला टेकेको दोबाटो

झल्झली याद आउँछ मलाई
झुपडिमा पाकेको त्यो आँटो

नभुल्न सकेँ देशको माटो
सम्झानामा आज मन फाटो।
२४-०५-२०१३

"धोका"

Sunday, 9 June 2013

अन्तर्वार्ता:- जीवन "गाउँले'

केस्रा प्रवक्ता:- जीवन देवान 'गाउँले'
मलेसियाका केही सृर्जनाहरुले मुलधारे भनिने सृजनालाई माथ खुवाउन सक्ने दम राख्छ ।-जीवन देवान 'गाउँले '

        जीवन देवान 'गाउँले' प्रवासी साहित्य त्यसमा पनि मलेशियाको साहित्यिक माहौल भित्र नया नाम हैन । आफ्ना शसक्त कलम मार्फत समाजमा घटेका कुनै पनि घटनाक्रमहरुलाई टपक्क टिपेर कथाको ताना भित्र मिठासपुर्ण सृजना कोर्न खप्पिस गाउले बिगत केही वर्षहरु देखि प्रवासमा बसेरै आफ्ना सृजना मार्फत घरदेश र परदेश जोडीरहनु भएको छ । विशेषत कथा लेख्न रुचाउनुहुने गाउलेका कलमहरु फाट्टफुट्ट अन्य विधा

Friday, 7 June 2013

प्रनिल चापागाईं

प्रनिल चापागाईं जीका केस्राहरु 
- प्रनिल चापागाईं   
शिवगंज-७,झापा,हाल-मलेसिया
 

"स्वाभिमान" 

झुकाउँदिन यो मेरो शीर
गोर्खालीको छोरो हुँ म वीर

हाबी भए बैरी माटोमाथि
साथ हुन्छ प्रतिकारी तीर

हिमाल झै अटल छ शीर
ज्यानै गए नि मान्दिन पीर।
०३-०६-२०१३

"बाटुलिहरू" 

Thursday, 6 June 2013

समिक्षा:- माटो मुटु र मन


      मीरा मनले मन छोएपछि 

“काफियाहरूलार्इ गजलको मुटु मान्दै रदीफहरूको बन्धनमा रहेर मीठा शब्दमा भावनाको लेपन लगाएर रचिएका कोमल अनि शालीन शब्द र शेरहरूको सुन्दर माला नै गजल हो ।”— मीरा मन थापा
खेवारा
            श्रमले लछप्प भिजेको शरीरले सुक्न पाएको थिएन । निठूर समय भाग्दै गएको थियो । ढल्किंदै गएको दिनको खुशीयालीमा मान्छेहरू चार आँखा बालेर सडक उत्रँदै थिए । उल्टो समाज, उल्टै नियम कानूनको देशमा म पनि चारै खुट्टा उचालेर सडकमा उत्रिएँ । मलार्इ दम्मामको अत्यन्त चर्चित बजार सिकोमा मीरा उर्फ‘माटो मुटु र मन’ सँग मीठो भेट गर्नु थियो ।
          जसको लेखनमा दम छ, जसको लेखनले मनलार्इ छुन्छ र जसले साहित्यको मूलधारलार्इ खुट्याएर कलम चलाएको छ, उनैको नाम मीरा मन थापा हो भन्ने मैले बुझेको हूँ । माइधार झापामा जन्मिएकी मीरा

Monday, 3 June 2013

भरत अधिकारी

भरत अधिकारी जीका केस्राहरु 
- भरत अधिकारी
तनहुँ,हाल-मलेसिया  

"होसियार"

चल्ला खाने बाज
विना काम काज

झुकाई आउँछ
मान्दैन हौ लाज

बाठो छ यो बाज
गर्न खोज्छ राज।
१५-०५-२०१३

"माया"