- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday, 31 July 2014

केस्रा: संक्षिप्त परिचय

   "केस्रा" विधाको संक्षिप्त परिचय
                                                     
       मनका कुरा लेखेर ब्यक्त गर्ने भाषिक तरिकालाई साहित्य भनिन्छ। लिपिबद्ध भएर प्रकाशन भएपछि त्यो रचना बन्छ। सुन्दर र राम्रो सिर्जना गर्नको लागि रचना कलाको ज्ञान आवस्यक हुन्छ।त्यसको आवस्यक तत्व हो विचारमा गहिराई, वर्णविन्यसमा शुद्धता, लेखाईमा कुशलता, प्रस्तुतिमा चमत्कार पूर्ण नविनताका साथै वैज्ञानिकता हुनु पर्दछ ।सर्जकले सृजना गर्दा विषय वस्तुको गम्भीरतामा मत-अभिमत दर्शाएर विकृति, विसङ्गति, अन्धपरम्परा र अन्धविस्वासका रूढीहरूलाई वहिस्कार गरि वर्तमान र भविस्यको सभ्य समाज निर्माण हुने गरि युगानुकुल संदेश दिन सके मात्र त्यो रचना आदर्श रचना बन्दछ।
- महादेव अधिकारी
काठमान्डौ,हाल- यु ए ई.
       नेपाली साहित्य रामायण जस्तो महाकाव्यवाट स्थापित भएको थियो। र समयसंगै खण्डकाव्य, मुक्तक, चम्पू, उपन्यास, कथा, निबन्ध, संस्मरण, पत्र-साहित्य, रेखाचित्र, जिवनी, नाटक, कविता र समालोचना जस्ता विधाहरूको प्रतिपादन,लेखन र विविध प्रयोग हुँदै आयो।यसमा पनि फरक फरक विचार स्थापित हुँदै जाँदा विभिन्न वादहरू बने जस्तै:- आदर्शवाद, स्वच्छनदतावाद, छायावाद, यथार्थवाद, प्रयोगवाद, अस्तित्ववाद,भयवाद इत्यादी वादहरू भौतिक विकाससंगै साहित्यमा प्रतिपादन हुँदै आए।
      पछिल्लो समयमा मानिसहरू अत्यन्त ब्यस्त हुने हुनाले साहित्यहरू पनि छोटा छोटा रचनामा परिणत हुँदै आए, मुक्तक , रूवाई, ताङ्का, गजल, गद्य कविता , गीत, यसका उदाहरणहरू हुन्।यसै शिलसिलामा हाल फेसबुक साहित्य सञ्जालको विकाससंगै रचनाकारहरूले आफ्ना रचनाहरू कसैको अनुमति विनानै प्रकाशन गर्न

Monday, 28 July 2014

लक्ष्मीमाङ्ग चेम्जोंग

      लक्ष्मीमाङ्ग चेम्जोंग जीका केस्राहरु    



- लक्ष्मीमाङ्ग चेम्जोंग
पाँचथर,हाल- मलेसिया 
  "दु:ख" 

जस्लाई पनि धाउने गर्छ
धनि या गरिब दुवै पर्छ्

रोकेर रोकिन्न प्रकृतिको
एक दिन आफै पक्का झर्छ

मान्छेले भोगेर भन्ने गर्छ
रोएर हुन्न आफै नै टर्छ ।
२८-०४-२०१४

  "माया"

Saturday, 26 July 2014

सौगात गजमेर 'मैहफिल'

          सौगात गजमेर 'मैहफिल' जीका केस्राहरु 

   "आशु"
- सौगात गजमेर "मैहफिल'
झापा 

आँखाबाट फेरि आशु झर्यो
जो कसैले लाग्छ छल गर्यो

यस्तो सम्झिएन त्यो आफ्नोले
प्रभाव कहाँसम्म के पर्यो

कसले रोक्ने नझर्नु झर्यो
यो आशुले लाग्यो काल छर्यो।
०७-०४-२०१४

   "अपेक्षा"

Thursday, 24 July 2014

'केस्रा' चर्चा:- प्रदीप नेपाल

'अनुभूति'     "पाँचथरमा साहित्यिक बान्की "

- प्रदीप नेपाल 
      'पुराना बाहिरबाहिरै साहित्यकार भए।' यो गुनासो थियो, पाँचथरका साहित्यकर्मीहरूको। उनीहरूको गुनासो बैरागी काइँला र राजेन्द्र सुवेदीजस्ता पाँचथरमा जन्मिएका साहित्यकारप्रति थियो। तर, मेरो मनमा उदाए खगेन्द्र संग्रौला, विक्रम सुब्बा, कृष्ण धरावासीजस्ता पाँचथरमा जन्मिएर काठमाडौँमा चम्किएका साहित्यकारहरू।
     'लामै समय हाम्रो साहित्यमा खडेरी पर्‍यो। ०४४ सालतिर हामीले नयाँ अभियान थाल्याँै। अहिले तपाईंले जे देखिरहनुभएको छ, त्यो ०४४ पछि हामीले रोपेको बिरुवामा लागेको फल हो।'
      २५ वैशाख ०७० को एक बिहानको भेटघाटमा सुनिएको गुनासो हो यो। त्यहाँ उपस्थित हुनुहुन्थ्यो, प्रेेम ओझा, रामप्रसाद 'समथिङ', डीएम कन्दङ्वा, चन्द्र योङयाङ, दीपक खनाल, मधु केरुङ, राज 'दिलान्जली' आदि।
       कार्यक्रम सकिएपछि उहाँहरूले मलाई आ-आफ्नो पुस्तकाकारको सिर्जना उपहार दिनुभयो। छक्क परेँ म। २८ थान किताब थिए, विभिन्न

Monday, 21 July 2014

बजिन लिम्बू

         बजिन लिम्बू जीका केस्राहरु 

- बजिन लिम्बू
पाँचथर,हाल- मलेसिया
 
   "जीवनमा"

थकीत छु म सारा खुशी बिलेर
विवस छु म दु:खले नै पिलेर

स्वार्थी अनि दु:खको यो संसारमा
कति बांचु र अब मुटू छिलेर

दु:ख गर्दा गर्दै पाके म बिलेर
पत्थर र चट्टानसंग मिलेर।
१८-०७-२०१४

“यस्तै रहेछ माया “

Friday, 18 July 2014

सन्तोष माबुहाङ्ग 'अनसन'

     सन्तोष माबुहाङ्ग 'अनसन' जीका केस्राहरु 

- सन्तोष माबुहाङ्ग 'अनसन'
तेह्रथुम,हाल:- मलेसिया 
 'बेइमानी'

घात गर्छ बेइमानी
केहि नै नजान्ने ठानी

बेइमानीको चालले
हुन्छ मन पानी पानी

धोका दिन्छ बेइमानी
सधैं भरी जानी जानी l
०३-०७-२०१४

'पैसा'