- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 28 July 2014

लक्ष्मीमाङ्ग चेम्जोंग

      लक्ष्मीमाङ्ग चेम्जोंग जीका केस्राहरु    



- लक्ष्मीमाङ्ग चेम्जोंग
पाँचथर,हाल- मलेसिया 
  "दु:ख" 

जस्लाई पनि धाउने गर्छ
धनि या गरिब दुवै पर्छ्

रोकेर रोकिन्न प्रकृतिको
एक दिन आफै पक्का झर्छ

मान्छेले भोगेर भन्ने गर्छ
रोएर हुन्न आफै नै टर्छ ।
२८-०४-२०१४

  "माया"



तिमीलाई माया गर्छु
यो साल सिन्दुर भर्छु

तिमी हुन्छ भन्छौ भने
जहाँ भन्छौ त्यही सर्छु

जुनी जुनी माया गर्छु
तिम्रै लागि बाच्छु मर्छु।
०७-०४-२०१४

    "घात"

तिमीले अन्तै दिल जोडेछौ
मलाई छली बाटो मोडेछौ

म हुँ एउटा गरीब सोझो
मायाको झुपडी नि तोडेछौ

जहाँ पाउछौ लाख जोडेछौ
गन्तव्य पुन अघि छोडेछौ ।
०७-०४-२०१४

 “मान्छे भित्र“

मान्छेलाई बिगारने मन
विकृति फैल्याउने धन

कालो बजार गुण्डा राज
आमालाई नचिन्ने झन

बलात्कार हिंसाको मन
सम्बन्धलाई तोड्ने तन।
०६-०४-२०१४

    "समय" 

छिटो दौडन्छ पर्खिन्दैन
गयो कहिल्यै फर्किन्दैन

एक अचम्म एकोहोरो
जान्छ अदृश्य थामिन्दैन

रोए कराए नि पर्खिन्दैन
चाल यसको बुझिन्दैन  ।
२०-०३-२०१४

No comments:

Post a Comment