- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 12 July 2014

रन्जित राई ‘तेमोरा’

      रन्जित राई ‘तेमोरा’ जीका केस्राहरु 
- रन्जित राई ‘तेमोरा’
मोरंग, हाल-साउदी अरब

   "वेदना"

चिसो चिसो जाडो पलायो
बृद्ध, बृद्धा,बच्चा थलायो

सरकार भयो रमिते
गरीबको ज्यानै ढलायो

आँखा भरि आँशु पलायो
आँशु बग्यो, छाती जलायो
२८-१२-२०१३

"कहानी"



लेखे कहानी
जानी नजानी

पढ्नु तिमीले
अल्छि नमानी

मेरो कहानी
तिम्रो जवानी
११-०७-२०१३

   "यथार्थ"

सुक्या डालीमा बसी काग करायो
भित्र भित्रै यो मन साह्रै डरायो

गाँउ घरमा केहिं भयो जस्तो छ
आज अचाक्ली यी आँखा फर्फरायो

एका बिहानै आज काग करायो
मेरो नयनबाट आँसु झरायो
१५-०६-२०१३

   "चटारो"

बर्षा लागेछ क्या रे पानी पर्दैछ
खुशी हुंदै अन्तरे वीउ छर्दैछ

हलो जुवा कोदालो बोकी काँधमा
माथिबाट अन्तरे बेंशी झर्दैछ

घुम ओढ अन्तरे पानी पर्दैछ
छिटो-छिटो गर है बेला तर्दैछ
१४-०६-२०१३

No comments:

Post a Comment