- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 14 July 2014

रोमन पीडा

          रोमन पीडा जीका केस्राहरु 
- रोमन पीडा
पाँचथर,हाल- रेगिस्तान

"बाध्यता"

धन कमाउँने आसमा
लागे मुग्लान प्रवासमा

बाध्यताको बोकेर भारी
पुगियो अरबको बासमा

सुख लिने ठूलो आसमा
लागेको छु म त खासमा।
०१-०४-२०१४

     "युद्ध"



मानवबाट मानव बन्छ कुद्ध
हात हतियार उठाउँछ ,बुद्ध

निकाले तोप बम बारुद धेरै
रणभूमि मैदानमा गर्न जुद्ध

आजकल बुद्ध पनि बन्छ कुद्ध
अत्याचार गर्नाले नै हुन्छ युद्ध॥
३१-०३-२०१४

"मुस्कान"

बाच्नु छ हासेर
सम्बन्ध गासेर

प्रणय नाताको
मुटुमा टासेर

दु:खमा हासेर
मायाँले मासेर॥
२६-०३-२०१४

  "तस्बीर"

पुरानै हो यो तस्बीर
फोटोकपी मेरै शीर

हेर्दा झलक्कै हासेको
परेको छ धेरै पीर

डुप्लिकेट यो तस्बीर
बन्छ सम्झनाको खीर।
२५-०३-२०१४

   "वीरता"

कोसोभो कारगिल लडेर
वैरीको सामु अघि बढेर

विश्वमा बीरताको चिनारी
बनाएको युद्धमा डटेर

सबै विश्व-युद्धमा लडेर
वैरीलाई पराजय गरेर॥
१३-०३-२०१४

No comments:

Post a Comment