- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 21 July 2014

बजिन लिम्बू

         बजिन लिम्बू जीका केस्राहरु 

- बजिन लिम्बू
पाँचथर,हाल- मलेसिया
 
   "जीवनमा"

थकीत छु म सारा खुशी बिलेर
विवस छु म दु:खले नै पिलेर

स्वार्थी अनि दु:खको यो संसारमा
कति बांचु र अब मुटू छिलेर

दु:ख गर्दा गर्दै पाके म बिलेर
पत्थर र चट्टानसंग मिलेर।
१८-०७-२०१४

“यस्तै रहेछ माया “



हाम्रो माया टुट्यो
न्यानो साथ छुट्यो

संगै ज्यूने चाह
नियतिले लुट्यो

चोखो प्रेम टुट्यो
सिसा सरि फुट्यो।
 १५-०७-२०१४

 "धन"

कुरा नगर धनको
जीत छ यहाँ मनको

धन भन्दा पनि धेरै
सवाल छ जीवनको

चर्चा नगर धनको
कि त्यस्तो स्वार्थि पनको।
०६-०१-२०१४

  "नारी -२"

ए मेरी आमा जन्म दियौ मलाई
ठुलि पनि बनायो कोक्रो हल्लाई

तिम्रै न्यानो काखमा खेलि हुर्किए
म ठुलि भएपछि दियौ कल्लाई

पराई कै भए दु:ख भो मलाई
म नारीको ब्यथा पोखुँ कसलाई।
२५-११-२०१३

   "नारी -१ "

तिमी नै त हौ पवित्र नारी
यो माया प्रेमको फुलबारी

पुन: जन्माऊ मुना मदन
निश्छल चोखो माया पुकारी

तिमी नै सृष्टिकर्ता हौ नारी
चोखो मायाको गर्छु आभारी।
२१-११-०२१३ 

No comments:

Post a Comment