- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 26 July 2014

सौगात गजमेर 'मैहफिल'

          सौगात गजमेर 'मैहफिल' जीका केस्राहरु 

   "आशु"
- सौगात गजमेर "मैहफिल'
झापा 

आँखाबाट फेरि आशु झर्यो
जो कसैले लाग्छ छल गर्यो

यस्तो सम्झिएन त्यो आफ्नोले
प्रभाव कहाँसम्म के पर्यो

कसले रोक्ने नझर्नु झर्यो
यो आशुले लाग्यो काल छर्यो।
०७-०४-२०१४

   "अपेक्षा"



म रोएँ पनि तिमी हाँसिदिनु
यसरी सँयौ बर्ष बाँचिदिनु

यी आँखाले देख्ला कुनै मोडमा
मिल्छ ठामै छोडेर लागिदिनु

चोटमा डुबाएर हाँसिदिनु
सक्छौ विष पिलाई मारिदिनु ।
०८-०१-२०१४

     "यात्रा"

सँगै मर्ने बाचा उनको थियो
यो मनले त्यस्तै आशा लियो

छोड्यौ आज बीच सफर मै
चोखो प्रेमले के चाँहि दियो ?

भरपरि बाँचि राख्या थियो
धेरै पटक मरेर जियो।
०६-०१-२०१४ 

No comments:

Post a Comment