- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 26 November 2012

केहि केस्राहरु-११

                  केहि केस्राहरु - ११

"मायाजाल"

पहिले हसाँयो
पिरति गसाँयो

टुना मुना गरी
प्रेममा फसायो

दिल्लगी हसाँयो
मुटुमै बसायो ।
                      २५-०९-२०१२
- कृष्ण पुन 'आलोक'
बाग्लुङ्,हाल-मलेसिया
 
"संगै"

यात्रा संगै गरौला
सागर नि तरौला

मलाई बास दिए
त्यो दिलमा सरौला

बाचा पनि गरौला
अनि संगै मरौला।
                          २३-०९-२०१२
 - बजिन लिम्बू
पाँचथर,हाल- मलेसिया

"कल्पना"

लाली भरेको फूल हेर्छु
अनि एउटा केस्रा केर्छु

मुटु माझमा पारि चित्र
मन सजाई माला बेर्छु

मन्द झुलेको फूल हेर्छु
दुःखी मनको आस फेर्छु।
                                    ०७-०९-२०१२
- पासाङ्ग तमु
गोर्खा,हाल- मलेसिया

 "धनी मान्छे"

कस्को कुरा गर्नु सबै दु:खि यहाँ
मान्छे थरी थरी धनी माथि जहाँ

भन्ने एउटा कुरा मात्रै सधै भरी
गरीब र अझै धनी छैनन् कहाँ

नसक्ने सक्दैन मान्छे बन्न यहाँ
पुग्न सक्छ माथि लागे बन्छ महा।
                                            २१-०८-२०१२
- सञ्जय कुमार खड्का
रामेछाप,हाल- साउदी अरब