![]() |
- ऋषिराम लम्साल
स्याङ्गजा,हाल-यु.ए.ई.
|
"जिन्दगी"
जवानी भो रित्तो
बन्धकी भो कित्तो
ईच्छा र मोहको
वैरागी भो चित्तो
आँखा नि भो रित्तो
मनमा भो पित्तो।
"चालढाल"
नहिंड लर्केर
नहेर तर्केर
एकैछिन भेट्दा
नबोल झर्केर
भैं छोयौ लर्केर
पानी झैं दर्केर।
२४-०३-२०१३
"फसिएँ म"
मनोहर रुप छटा बिच्छाई
बोलेको राम्रो मुस्कान मिसाई
चित्तै चोरेको रूप कि मोहले
त्यो मन पर्यो बोलेको चिडाई
विचार्यौ कि स्वर्ण लता बिच्छाई
भन्देऊ न के हो रुपको सच्चाई।
११-०३-२०१३
“प्रणय दिवस”
अधुरै हुन्छ कि प्रेमको रहर
कस्तो अभागी रहेछ यो अधर
प्रस्ताव राख्दैछु उनीलाई अब
हिम्मतका साथ कसेर कम्मर
प्रेम दिवसमा सबैको रहर
पुर्याईदे चरी उनलाई खबर ।
१४-०२-२०१३
“कर्म”
न हुनेछ राम
न हुनेछ माम
कर्म भुले सबै
हून्छ बदनाम
भुल्छ मान्छे राम
बिग्रन्छ सर्जाम।
१०-०२-२०१३
“संदेश”
सायद रून्छ होला त्यो मन
टाढा भएपछि दूई तन
तिमी रुँदा मेरो मुटुभित्र
सधैं आगो बल्छ दनदन
स्वीकार भए मिलाउँन मन
लौ बनाउँ एउटै आँगन ।
०३-०२-२०१३