![]() |
- महादेव अधिकारी काठमाण्डौ,हाल-यु.ए.ई. |
दु:खको सागर एक्लै तरूँला
तिमीलाई धेरै माया गरूँला
तिम्रो मनमा भएका ती पीडा
मलाई भन सबै म हरूँला
जीवन जँघार संगै तरूँला
साथ जिउला साथ मरूँला
" ईश्वरले'
जलेर आफै बनेर दीयो
विषको प्याला आफैले पियो
फूलका थुङ्गा हरूमा पनि
सुगन्ध छर्ने ईश्वर थियो
थपेर तेल बाल्दछ दीयो
फाटेका मन उसैले सियो
" सत्ता"
जनता मारेर नेतालाई सत्ता
सत्ता पाएपछि बन्छ उ मै मत्ता
उठाउँछ कर जनता रूँवाई
त्यै कर नेताको तलब र भत्ता
गिर्दछ कति-कति टिकाउन सत्ता
सत्ताको खेल भयो तासको पत्ता
२३-०३-२०१३
"प्रेम"
चर-अचर सबैमा प्रेम गरौँ
यस धरामा प्रेमकै बीज छरौं
लिऊँ दिऊँ बाँडौँ प्रेम सबैसंग
जीवन नै प्रेम यो जालमा परौँ
हामी सबै सभ्य बन्न प्रेम गरौँ
प्रेमबाट मोक्ष पाई पार तरौँ।
१६-०१-२०१३
"श्रीमती"
टाढा जाँदा मन अमिलो पार्दछे
भेट हुँदा खुशीले आँसु झार्दछे
खोल तिम्रा सबै मनका विलौना
भनि सोधे पनि नबोली टार्दछे
हरपल खुशी मलाई पार्दछे
म बेखुस भए कपोल नार्दछे।
०४-०१-२०१३