रोमन पीडा र मनकुमार "तुखेसा"जीका केस्राहरु
![]() |
- रोमन पीडा पांचथर,हाल- रेगिस्तान |
"कदर"
साचो मायाको हुन्न कदर
हेर्न थाल्नेछन् पैले अधर
मायाँ मायाँ नै हो संसारमा
प्रेममा रुप हेर्छ नजर
मायामा गर्न सिक कदर
हुने छैन यो मायाँ बदर।
०७-०३-२०१३
"कस्ती"
बैश रहुनञ्जेल मोज मस्ती
डुल्दै हिडीरहनु गाउँ बस्ती
लक्ष्य योजना केही छैन अझै
खेल्छ दिनमै केटाकेटी जस्ती
माइती घर रहेसम्म मस्ती
जीवनमा लोग्ने पाउछौ कस्ती।
०६-०३-२०१३
***********************************
![]() |
- मन कुमार पारघरी “तुखेसा” तेह्रथुम,हाल- कतार |
"गरिब"
पेट छ भोको
पिठ्युँमा डोको
धनि बन्ऩे रे
उसको धोको
जहिल्यै भोको
दु:खैको पोको।
०७-०२-२०१३