![]() |
-समिर सिम्खडा धादिंग,हाल मलेसिया |
हत्या गर्दै हिँड्छौ लुकेरै
गल्ली -गल्ली बस्छौ ढुकेर
आ -आफुमा मिल्दैनौ किन?
सँधै बस्ने होकी चुकेर
फेला पर्ला हिड्दा लुकेर
बस्नु पर्ला शिर झुकेर
०९-०३-२०१३
"राजनिती"
नेतालाई राजनिती भयो खेल
कागलाई के वास्ता पाकेको बेल
आखीर शासन तिनको नै चल्छ
गरेरै भएपनि जाल र झेल
देशै बिगारेर खेले भयो खेल
पाएकै छौ सित्तैमा गाडीको तेल
०३-०३-२०१३
"सानी"
हेर न ए! सानी नानी
तिम्रा राम्रा -राम्रा बानी
ओहो! तिमी भित्र छ की?
लाग्छ ममताको खानी
पर्खेर नै सानी नानी
जान्छ की यो जिन्दगानी
२७-०२-२०१३
“हालत”
बाडी पिडीत भोकै भोकमा
जनताहरु शोकै शोकमा
आश्वासनको रासन बाँड्दै
नेता बोल्दैछ झोकै झोकमा
गरिब संधै भोकै भोकमा
गाउँ शहर चोकै चोकमा
२०-०२-२०१३
“नेता”
कुर्सि ताक्छौ कति
बिगारेर मती
हरे..!शिव हेर
यी नेताका गति
ज्यानै फाल्छौ कति
कुर्सि मोह अति
१६-०२-२०१३