![]() |
-राज आङ्देम्बे “सहयात्री” पाँचथर,हाल-मलेसिया |
हौसिएर तिम्रै भरोसामा परेँ
नौनी जस्तै पग्ली समिपैमा सरेँ
थियो तिमी र म भित्र त्यो भिन्नता
मुटुको जरै उखेल्यौ झण्डै मरेँ
सम्बन्धको निर्णय गर्ने नै परेँ
छुट्दैछु हे प्रिया..! लाग्छ ठिकै गरेँ ।
१७-०२-२०१३
"पागल प्रेमी"
लाग्छ केहि हुन लाग्यो म'मा
जानेरै होकी या अन्जानमा
यो कस्तो दिवानापन छायो
भन्नै पर्दा मैले समग्रमा
पागलै भएँ तिम्रो प्रेममा
सम्हाली देउ ए प्रियतमा ।
१६-०२-२०१३
"रहस्य"
जब तन त्यो बाडिन्छ
बिस्तारै गति छाडिन्छ
आफन्त को त के कुरा
दुनियाँ सारा फाडिन्छ
यौवन अन्तै बाडिन्छ
अनि त घरै भाडिन्छ ।
१५-०२-२०१३
"रोदन"
म सँगै मेरो आत्मा रुँदा
तिमीसँग बिछोड हुँदा
जिन्दगी सारै विरक्तियो
मैले तिमीलाई गुमाउँदा
न पखालिन्छ पीडा रुँदा
आँशुले नि नयन धुँदा ।
"आत्माग्लानी"
जति कुरा लुकाएँ
उति सास दबाएँ
निर्दोषी बन्न आफू
झुटो कुरा बताएँ
आफ्नै दिल भत्काएँ
अनि छट पटाएँ ।
०१-०१-२०१३