![]() |
- तेज "विवश" राई धनकुटा ,हाल-कतार |
पसिनाको खोली यहाँ बगाएर
पानीसंग सुख्खा रोटी चपाएर
दिन रात मालिकको पाउ मोली
पठाउँछु घर खर्च बचाएर
आफ्नै देशमा पसिना बगाएर
देखाउछु हेर सुन फलाएर।
२८-०२-२०१३
“पीडा”
चर्किन्छ छाती
जहिले राती
सम्झेर होला
छोरा र नाती
जल्दछ छाती
नहुन्छ जाती।
२७-०२-२०१३
"याद"
जन्मेको माटो
बस्दछ खाटो
बिर्सने छैन
भए नि लाटो
हुर्केको माटो
हिंडेको बाटो।
२९-०१-२०१३
२९-०१-२०१३