- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 19 April 2014

मौलश्री लिम्बू

        मौलश्री लिम्बू जीका केस्राहरु 

   "सहयात्रा" 

अब सम्बन्धको ति जंघार तरौ
दुधको दुध पानीको पानी गरौ

मझधारमा छ सफरको किस्ती
गन्तव्य तोकेर हामी अघि सरौ

छाल मचिए पनि समुन्द्र तरौ
जस्तोसुकै यात्रा होस् खुशीले भरौ l
०६-०४-२०१४

   "चरित्र"



मीठो गफ दिएर लिने
लिएपछि फिर्ता नदिने

हे प्रभु ! मान्छेको नीयत
लेनदेन पछि चिनिने

मन-पेट दिएर लिने
छूमन्त्र गर्दै नदेखिने l
३०-०३-२०१४

   "बबुरो"

अलिक गम्भीर ति हेराई
लाग्छ केहि सोध्दैछ मलाई

बुझ्ने असफल प्रयासमा
बसेकोछु गथासो जमाई

रहस्यमय तिम्रो हेराई
म बुद्धूलाई बुझ्न कठिनाई।
१७-०२-२०१४

"नतमस्तक"

नभन्नु मलाई मूल्यवान् दिएन
आँसुबाहेक उपहार थिएन

तिम्रो बिदाईले नाजुक यो मन
सम्हाल्नको लागि कसैले लिएन

यादले मन अन्त जान दिएन
त्यसैले कसैको हुन सकिएन।
०१-०२-२०१४

   "उपमा'

हर सुन्दरता माथ दिलाउने
जूनलाई पनि ईर्ष्या गराउने

दुनियाँमा दोश्रो कुनै छँदै छैन
तिम्रो मुहारको नूर झुकाउने

चमकको परिभाषा दिलाउने
तिमीमा छ खाँट्टी बिम्ब बुझाउने।
१२-०१-२०१४

No comments:

Post a Comment