- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 15 April 2014

"केस्रा-दस्तावेज र सहयात्री"

               केस्राको समीक्षा

     - सुरेन्द्र भण्डारी 
बिर्तामोड, चैत ३० । मौलश्री लिम्बूद्वारा प्रतिपादित नेपाली साहित्यको केस्रा विधामा लेखिएको "सहयात्री" केस्रा संग्रहका विषयमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित वालमीकि एजुकेशन फाउन्डेसनको रत्न मेमोरियल हलमा आयोजित कार्यक्रममा उक्त विधाका प्रथम श्रष्ठा राज आङ्दाम्वे सहयात्रीको कृति माथि समिक्षा गरिएको थियो ।
 
   नेपाली लेखक संघ झापाको आयोजनामा सञ्चालीत कार्यक्रम सह प्राध्यापक भक्तिप्रसाद पौड्यालको प्रमुख आतिथ्यमा भएको थियो । संघका झापा अध्यक्ष साहित्यकार गोपालकुमार वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष कृष्ण वरालले स्वागत गरेका थिए ।
     त्यस अवसरमा समीक्षकहरु मुनाराज शेर्मा र लक्ष्मण ढकालले कृति र मौलश्रीद्वारा प्रतिपादित केस्रा विधाको सान्दर्भिकताको वारेमा टिप्पणी गरेका थिए । संघका सचिव कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा केस्रा विधाका प्रवक्ता दीलिप सगर राईले केस्रा विधाको सान्दर्भिकता बारेमा वोलेका थिए । कार्यक्रमको संयोजन इक्शाहाङ्ग लिम्वूले गरेका थिए ।
  [१३ अप्रिल २०१४ पूर्वाञ्चल दैनिक पत्रिका http://www.purwanchalnationaldaily.com

******    ####    ******
          "केस्रा-दस्तावेज र सहयात्री" को अन्तरक्रिया कार्यक्रम 

       नववर्ष २०७१को पूर्वसन्ध्यामा झापा जिल्लाको विर्तामोड स्थित बाल्मीकि एजुकेशन फाउन्डेशनको सभाकक्षमा मिति २०७०\१२\२९ गते शनिबार केस्रा विधामा गहन छलफल हुनुका साथै राज आङदेम्बे 'सहयात्री'को प्रकाशित केस्रा सङ्ग्रह 'सहयात्री' र 'केस्रा दस्ताबेज र घोषणापत्र' माथि समीक्षात्मक टिप्पणी समेत प्रस्तुत गरिए । 'नेपाली लेखक सङ्घ'का झापा अध्यक्ष श्री गोपाल बस्नेतको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि सह-प्राध्यापक भक्तिप्रसाद पौडेल हुनुहुन्थ्यो । स्वागत मन्तव्यका क्रममा आयोजक संस्थाका पूर्व अध्यक्ष श्री कृष्ण बरालले केस्रा साहित्यले लेखकीय स्वतन्त्रतामाथि गणितीय बन्देज लगाउने गुनासो राख्नुभयो । त्यस्तै केस्रा दस्तावेजमाथि समीक्षा गर्ने क्रममा 'केस्रा प्रतिपादन'मा यसका प्रवर्तक मौलश्री लिम्बूले विचारभन्दा संरचनातिर ध्यान दिएको आरोप समीक्षक श्री मुनाराज सेर्माले लगाउनुभयो । यसबाहेक १२ अक्षरको सीमामा विचार सङ्कुचित हुने तर्क पनि उहाँको थियो । केस्राले विचार पक्षलाई बेवास्ता गरेकोप्रति उहाँको गुनासो थियो । श्री लक्ष्मण ढकालले 'सहयात्री' सङ्ग्रहको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो । केस्रा प्रवक्ता दिलिप 'सगर' राई ले केस्रा सम्बन्धमा उठ्ने गरेका जिज्ञाषाहरुको स्पष्टीकरण दिँदै अध्ययनशील साहित्य सर्जकहरुलाई केस्रा लेखनमा आफ्नो सिर्जनात्मक सिप लगाउन आह्वान गर्नुभयो । प्रमूख अतिथिको आसनबाट बोल्दै सह-प्राध्यापक पौडेलले भन्नुभयो , यद्यपि सर्जकले सिर्जनामा सधैँ स्वतन्त्रता खोजिरहेको हुन्छ ता पनि लक्षित पाठकका लागि यदि लेखक शास्त्रीय बन्धनभित्र सिर्जना गर्न सक्षम भयो भने मात्र रचना प्रिय बन्न सक्छ । लेखनाथ पौड्यालका रचना नेपाली पाठकका प्रिय र आस्वाद्य बन्न सक्नुले पनि यसको पुष्टि गर्दछ । प्रारम्भिक चरणमा रहेको कुनै नौलो विधा अभ्यासको चरणमा रहने हुँदा स्थापित साहित्यिक विधाका तुलनामा परिपक्व विचारमा केही आरम्भिक लक्षण देखिनु अत्यन्त स्वाभाविक हो र आगामी दिनमा केस्राले परिपक्व विचार पनि दिने कुरामा विश्वस्त हुने प्रसस्त आधार यो विधाभित्र विद्यमान छन् , उहाँको तर्क थियो ।
       सभापतिको आशनबाट श्री गोपाल बस्नेतज्यूले आफू धेरै साहित्यिक तर्क वितर्कहरुमा कमजोड भए पनि 'सहयात्री'भित्रका केस्राहरु पढ्दा आफूले सन्तुष्टिको अनुभव गरेको कुरा राख्नुभयो र यो विधाको नाम 'केस्रा'ले नै आफूलाई आकर्षित गरेको पनि उल्लेख गर्नुभयो । यस किसिमको साहित्यिक परिचर्चाको सहभागी हुनु आफैँमा खुसीको विषय भएको हुँदा आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरताको कामना समेत गर्नुभयो । करिब दुई घन्टा समय चलेको सो छलफल कार्यक्रमको सञ्चालन नेपाली लेखक सङ्घ , झापाका सचिव श्री उमानाथ भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय साहित्यकारहरु, केस्रा सर्जकहरु र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।कार्यक्रमको संयोजन इक्शाहाङ्ग लिम्वूले गरेका थिए ।
- केस्रा लेखन मञ्च ।
*****   #####   ********
पूर्वान्चल दैनिकी पत्रिका,बिर्तामोड,झापा र नेपाल समाचारपत्र दैनिकी ,उर्लाबारी,मोरंग  

No comments:

Post a Comment