- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 26 April 2014

सुन्दर पुरुष "अनुराग"

    सुन्दर पुरुष "अनुराग" जीका केस्राहरु 

सुन्दर पुरुष अनुराग
रोल्पा 
  "रहर"

संगै बाँच्ने संगै मर्ने
चितामाथि संगै पर्ने 

रहर धेरै  थ्यो मेरो 
सिउँदोमा सिन्दुर भर्ने 

वाचा टुट्यो संगै मर्ने 
स्वर्गसंगै बसाई सर्ने   

 "गरिब"


खल्तीमा छैन दाम 
गर्नलाई छैन काम 

गरिबको छोरो म 
लाग्छ मलाई के खाम 

किन्नलाई छैन दाम 
खानलाई छैन माम 

 "पागल"

तिम्ले वाचा तोडेपछि
अन्तै नाता जोडेपछि

पागल भएको छु म 
तिम्ले साथ छोडेपछि 

वाचा हाम्रो तोडेपछि 
प्रीति फूल गोडेपछि

  "हाँसो"

तिम्रो लागि छैन हाँसो 
दिने केहि छैन नासो 

जहाँ जाउ तिम्रो ईच्छा 
रोक्नलाई छैन पासो 

मेरो आज छैन हाँसो 
मरिसक्यो हाँस्ने चासो 

 "बास"

साँझपख बास 
कहाँ खोजुँ खास 

बस्न दिए पुग्छ 
चाहिंदैन गाँस 

खोज्दै-खोज्दै बास 
आएँ तिम्रो पास 

No comments:

Post a Comment