- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 9 August 2014

राई रुमानी

           राई रुमानी जीका केस्राहरु 

- राई रुमानी
उर्लाबारी,मोरंग,हाल-मलेसिया
 
   "सहिद"

अँध्याराे हटाउने प्रण गरे
सधैं उज्यालाेकाे सन्देश छरे

अमर सपुतहरु तिनै हुन्
जाे अाफ्नै मुलुकको लागि मरे

नयाँ युग सिंगार्न क्रान्ति गरे
माटाेमा रगतकाे रंग भरे ।
३०-०१-२०१४

   "ऐना"



ऊ मान्छे जस्तो कहिल्यै रुदैन
मनको पीडा आँसुले धुँदैन

आखिर निर्जीव ऐना न हो ऊ
मान्छेको जस्तो हृदय हुँदैन

टुक्रा-टुक्रा पारे पनि रुदैन
कुनै संवेदनाले नि छुंदैन !
२९-०१-२०१४

  “चेतावनी"

जूनमा पनि दाग छ, छैन शुध्द
सत्य नांगाे हुन्छ किन बन्छाै क्रुध्द

सधैं-सधैं हाँसीहाँसी अत्यचार
सहेर बस्ने मान्छे हाेईन बुध्द

सतप्रतिशत काेही हुन्न शुध्द
भत्काएर बाटाे यात्रा अवरुध्द ।
२१-१२-२०१३

    "घर"

स्वाभिमानी जीवन बाँच्न पाउँ
बरु खाेले फाँडाे जे जस्ताे खाउँ

बाँचिञ्जेल दु:ख त गर्नु नै छ
हर निन्द्रा अानन्दले निदाउँ

याे ज्यानलाई अाेताउन पाउँ
घरै हाे छैन अर्काे त्यस्तो ठाउँ ।
०७-११-२०१३

    "प्रहार"

हाे,अति भएपछि अस्त्र उठाएँ
प्रतिकारमा तिमीलाई झुकाएँ

कति बस्नु म, अत्याचार सहेर
कैंयाैं प्रहार छाति भित्रै छुपाएँ

झुकेरै हाे, तसर्थ शिर उठाएँ
हाे मालिक ! मैले सम्बन्ध टुटाएँ ।
०३-१२-२०१३  

No comments:

Post a Comment