- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 30 August 2014

डम्बर धिमाल 'प्रकृति'

     डम्बर धिमाल "प्रकृति" जीका केस्राहरु 

    "थोप्ला"

- डम्बर धिमाल 'प्रकृति'
उर्लाबारी,मोरंग, हाल- बहराइन
 
ठूला घरको ठुलै कुरा
नभन्ने बहसमा पूरा

जति उफ्रे पनि कुवा मै
भर्ने बेला बोक्या छु छुरा

जाल बुन्दैछ त्यो माकुरा
गन्दै मुल घरको धुरा ।
०२-०८-२०१४
[प्रयुक्त केस्राको पहिलो अनुप्रास " कुरा" पाँचौ हरफमा "अल्पश्रुति अनुप्रास " को मान्यता अनुसार "मा+कुरा भएको हो ]

   "खाउँ न"



मासु नखानेलाई भन्छन् दास
कसैलाई चाहिनें ठुलो गांस

स्वार्थले भरीएको सँसारमा
कतै चाहिं खुसीले खान्छन् रास

कोहि अघाएरै भए बिन्दास
कोही घर छाडी गए वनबास ।
०७-३१-२०१४

   "अन्दाज" 

पर्खाइमा बसेकाहरु सुक्छ्न्
मोज मस्तिमा लाग्नेहरु फुक्छ्न्

मान्छे बाँध्ने साङ्ली हुँदै हुदैन
कुनै दिन नजरबाट लुक्छन्

कसैले भन्नै पर्दैन नि सुक्छन्
फुत्केर चर्न थाल्दा आफै चुक्छन् ।
२७-०७-२०१४

  "तिम्रो प्रीत"

तिम्रो चोखो माया बिहानीको शीत
अजर - अम्बर जस्तो तिम्रो प्रीत

बिहानी को मिरमिरे पवनमा
एकान्तमा गाईरहुं लाग्ने गीत

चांदनी झै रातमा आउने शीत
साच्चै अति मीठो यो मायाको रीत ।
२२-०७-२०१४

No comments:

Post a Comment