- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 23 August 2014

केहि केस्राहरु:- ४ [२०१४]

       काप्पोवा चुम,विष्णु न्यौपाने र निर्मल विकल जीका केस्राहरु 
  
काप्पोवा चुम
मोरंग,हाल- मलेसिया
"डोलि" 

बोलेर मिठो बोलि
बसेर दिल खोली

मनले मन चुम्यो
बनाए प्रेम चोली

मायामा बैंश बोलि
बनाए प्रेम डोलि ।
०५-०६-२०१४




###  ***  ### ****   ###  ****   ####





“ऊ मृत्यु रोज्छ”
- विष्णु न्यौपाने
धनकुटा,हाल-दमक,झापा 



आशाको बोटमा निराशा फल्छ
स्मृतिको बगैचामा एक्कासी जल्छ

भदौरे भूगोल चैतमा टेक्दा
सजिएको आस्था गर्ल्याम्म ढल्छ

वैराग्य फुल्छ र अनास्था फल्छ
छोडेर जीवन ऊ अनन्त चल्छ।
२५-०५-२०१४




####  ***  ### ***  ###  ***###



   " शिक्षक "
- निर्मल विकल
उर्लाबारी,मोरंग 

चल्नु पर्छ घण्टिको तालमा
फसेकोछु माछी झैं जालमा

ईज्जतले बाँच्नै गाह्रो भयो
बढ्दैन तलव सा-सालमा

अभाव-महंगिको तालमा
कसरी जीउँ यो बेहालमा ।
१८-०४-२०१४

No comments:

Post a Comment