- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 6 August 2014

भरत अधिकारी

         भरत अधिकारी जीका केस्राहरु 
- भरत अधिकारी
तनहुँ,हाल- क्वालालम्पुर,मलेसिया
 

"ऋण"

भाका नाघ्दा साहुको
खान थाल्यो टाउको

दु:खमा साथ पाइन्न
छिमेकि र गाउँको

ऋण खादा साहुको
गालि दिन्छ बाृउको।
३१-०५-२०१४

"असफल"



धन कमाउने आस
धितो राखे मैले बास

घर छोडि हिड्दा खेरि
फेरे मैले लामो सास

लिएर मनमा आस
बनेको छु म निरास।


"पीडा"

घरको याद आउछ
यो दिल भित्र घाउ छ

साहुको मनमा सधै
गैरी खेतको दाउ छ

साहु कराउदै आउ छ
न सहयोगी गाउँ छ।

 "समस्या"

परदेशमा पैसा कमाउन
मालिकको खुट्टा समाउन

काममा ब्यस्त छ यो जिन्दगी
पाएन जीवनमा रमाउन

गार्हो भयो इज्जत कमाउन
बन्दगी घरवारी थमाउन।

"कर्म दोष"

एक हलको बारि थियो
राजिनामा साहुले लियो

कमाउन विदेश जादा
नियतिले ठक्कर दियो

मेरो एउटा सपना थियो
मन भित्र नै त्यसै खियो।
३०-०५-२०१४

No comments:

Post a Comment