- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 28 August 2014

रोमन पीडा

        रोमन पीडा जीका केस्राहरु 
- रोमन पीडा
पाँचथर 

   “भाग्य”

कर्म गरे भाग्य खुल्छ
भाग्यले जीवन फूल्छ

भाग्यको भरोसा गरी
परिश्रम गर्न भूल्छ

एक दिन सबै खुल्छ
कर्मसगै भाग्य डूल्छ।
२२-०५-२०१४

   'कैदी'



पाँच सालको करार
कैदी भएछ फरार

चोरी गरेर परेको
जेलमा पोर परार

नपुगी भाग्यो करार
लागेन केही दरार।
०७-०५-२०१४

   'चाहना'

मलाई तिम्रो साथ भए पुग्छ
तिमी नहुदा पक्कै मन दुख्छ

जीन्दगीको यात्रामा साथ देउ
दु:ख कष्ट सबै एकाएक लुक्छ

तिम्रो साथले शिखरमा पुग्छ।
सधै यस्तै कुरा मनले पुज्छ।
२१-०३-२०१४

    'जनयुद्ध' 

सुरूभयो युद्ध रोल्पा जिल्लामा
आर्मी पुलिसको सबै किल्लामा

सर्वहारा मुक्तिको नारा बोकी
विद्रोही लालसेनाको बिल्लामा

जनयुद्ध भयो सबै जिल्लामा
ऐले हिडे नेता गाडी चिल्लामा।

   'छापामार' 

सर्वहारा मुक्तिको लागि
युद्धमा होमिएका जागी

विजयको लक्ष्य बोकेर
लडीरहे कोही नभागी

देश र जनताको लागि
प्राण सबै हासेर त्यागी।
०२-०४-२०१४ 

No comments:

Post a Comment