- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday, 16 January 2013

स्याङ्गजाली रमेश

          रमेश अर्याल जीका "केस्रा" हरु


"माया"
-स्याङ्गजाली रमेश 
स्याङ्जा,हाल-यु.ए.ई.

तिमी मन परेको
यो मनले भनेको

शरीर हो यो मेरो
श्वास  तिम्रै चलेको

साँचै मन परेको
त्यसैले म रहेको।

"खोज"

मन्दिरमा पुजारी

Monday, 14 January 2013

भयवाद:- भयका बाटाहरु

                 भयका बाटाहरु


          चेतना नै भयको प्रमुख मार्ग हो । माथि व्याख्या गरिएझै चेतनापछि सम्बन्धित समस्याको ज्ञान हुन्छ र हामी भयभीत हुन्छौ । चेतनाको वृद्धिसँगै भयको वृद्धि हुन्छ । चेतनाको उद्गम बिन्दूमा अहिलेसम्म मनोविश्लेषकहरू प्रवेश गर्न सकेका छैनन् । मनोविश्लेषक सिकमैण्ड फ्राइडका अनुसार मस्तिष्कमै अवचेतनाको भाग हुन्छ । अवचेतना र चेतनाको बीचमा एउटा पर्दा हुन्छ, पर्दालाई केही संवेदनशील तन्तुहरूले

Saturday, 12 January 2013

कृष मगर

          कृष मगर जीका केस्राहरु

केस्रा प्रवक्ता:- कृष मगर
चितवन,हाल- यु.ए.ई.
"विवशता"

हुन्न रै'छ यहाँ चोखो,माया दिने
बल्ल आज मैले उस्को,माया चिनेँ

कलेजो र मुटू यहाँ,लिलामी छ
छानी छानी भन कस्तो,माया लिने

चाह थियो धेरै धेरै,माया दिने
बाध्यतामा मैले अर्को,माया किने ।
                                           ०२-०१-२०१३

"प्रकृति"

Wednesday, 9 January 2013

केस्रा:- विमर्श

  साहित्यमा “केस्रा”विधाको प्रादुर्भाव तथा विमर्श


केस्रा प्रवर्तक:- मौलश्री लिम्बू
झापा,हाल- मलेसिया
विषय प्रवेश:
         विश्व साहित्यमा अनेकौ विधाहरु प्रतिपादन भईसकेका छन्।ति विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषाहरुमा पनि भाषान्तर/रुपान्तर भई स्थापित भई सकेका छन्। केहि विधाहरु भने सोहि राष्ट्र र भाषामा पनि अप्रचलित भएर समयको कालखण्डसंगै लोपन्मुख भईसकेका छन् केहि भईरहेका छन्।साहित्य सिर्जनामा विधाहरुको महत्व भनेको पहिचान,अनुशासित,सुशोभित गर्नका लागि निर्धारित विधान हो।लोकलाई अर्पण गरिएको विधान लोकले झट्टै स्वीकार नगरेता पनि यदि समय सापेक्ष छ भने सबैलाई मान्य हुनुका साथै लोकप्रिय हुँदै जाने नै छ।समय र परिवेश बमोजिम कतिपय विधानहरुको विषयगत क्षेत्र आगमन र संशोधन हुदै जान्छन्।यो विशेषता नै विधानलाई सर्वमान्य तुल्याउनको लागि कसी हो।यसर्थ विधानमा पुरातन मात्र हाबी हुनु हुँदैन।पुरातनले आत्मामा राज गरेता पनि यसले समयको घटनाक्रममा हुने परिवर्तनलाई कदापि चित्तबुझ्दो न्याय

Friday, 4 January 2013

दिलिप 'सगर' राई

        दिलिप 'सगर' राई जीका केस्राहरु
 
केस्रा प्रवक्ता:-दिलिप 'सगर'राई
मोरंग  
"वचन"

रोप्यौ वचनको छुरी
चल्यो सन्देहको हुरी

भलै मन नजिकिए
बढ्यो मित्रताको दुरी

घोपिन्दा विषालु छुरी
उड्यो विश्वासको धुरी।

"कामना"

आकाश झैं हवस् चाहना
हिमाल झैं हवस् भावना

प्रकाश भै तिम्रो जीवन
संसारै गरोस् है रवाना

तिम्रो उन्नती मेरो चाहना
शान्ति, दीर्घायुको कामना।
०२-०१-२०१३

"जीवन"

जीवन हो फूलको थुङ्गा
नदीमा तैरिएको डुङ्गा

घामपानी छलेर जाने
मर्ने बाँच्नेको छैन टुङ्गा

ओइली झरि जाने थुङ्गा
हो की होईन भन लुङ्गा ?
[लुङ्गा= लिम्बू भाषामा दाजूबहिनीको छोरा-छोरी बीच सम्बोधन हुने नाता वा अपरिचितसंग परिचित हुनलाई गरिने सम्बोधन शब्द। ]
३०-१२-२०१२

"मन्त्री ज्यू"

खोकेर चर्किला भाषण
जमाई सत्तामा आसन

ढल्किन्दै सुटमा मन्त्री ज्यू
खाको छौ सर्कारी रासन

गर्दै बकम्फुसे भाषण
गर्या छौ सकुनी शासन।

"सिम्मा"

साकेला सिली नाँचेकी
झीनो कम्मर भाँचेकी

चौबन्दी लाकी सिम्माले
नौमुरी माया साँचेकी

सुम्नीमा जस्तै नाँचेकी
हौ मेरै लागि बाँचेकी।
[सिम्मा= राई भाषाको शब्द हो। यसको नेपाली अर्थ 'कान्छी'।]
२८-१२-२०१२

[प्रकाशित मिति:- ०४-०१-२०१३]

Tuesday, 1 January 2013

घोषणा:- 'केस्रा' आधिकारिक वार्षिकी

"केस्रा" साहित्य विधाको आधिकारिक वार्षिकी

    केस्रा''विधा सार्वजनिक भएको पहिलो वर्ष पुरा हुन लागेकोछ। हामीले कुन समय [संवत्]लाई आधिकारिक मान्यता दिए उपयुक्त होला ? [केस्रा विधाको सार्वजनिक मिति वि.स. १७-०९-२०६८ अथवा सन् ०१-०१-२०१२ मध्ये कुनै एक संवत् लाई वार्षिकी मान्यता दिनका लागि गरिएको मत सर्वेक्षण अनुसार दुवै संवत् सम्बन्धी