- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday 9 January 2013

केस्रा:- विमर्श

  साहित्यमा “केस्रा”विधाको प्रादुर्भाव तथा विमर्श


केस्रा प्रवर्तक:- मौलश्री लिम्बू
झापा,हाल- मलेसिया
विषय प्रवेश:
         विश्व साहित्यमा अनेकौ विधाहरु प्रतिपादन भईसकेका छन्।ति विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषाहरुमा पनि भाषान्तर/रुपान्तर भई स्थापित भई सकेका छन्। केहि विधाहरु भने सोहि राष्ट्र र भाषामा पनि अप्रचलित भएर समयको कालखण्डसंगै लोपन्मुख भईसकेका छन् केहि भईरहेका छन्।साहित्य सिर्जनामा विधाहरुको महत्व भनेको पहिचान,अनुशासित,सुशोभित गर्नका लागि निर्धारित विधान हो।लोकलाई अर्पण गरिएको विधान लोकले झट्टै स्वीकार नगरेता पनि यदि समय सापेक्ष छ भने सबैलाई मान्य हुनुका साथै लोकप्रिय हुँदै जाने नै छ।समय र परिवेश बमोजिम कतिपय विधानहरुको विषयगत क्षेत्र आगमन र संशोधन हुदै जान्छन्।यो विशेषता नै विधानलाई सर्वमान्य तुल्याउनको लागि कसी हो।यसर्थ विधानमा पुरातन मात्र हाबी हुनु हुँदैन।पुरातनले आत्मामा राज गरेता पनि यसले समयको घटनाक्रममा हुने परिवर्तनलाई कदापि चित्तबुझ्दो न्याय दिन सक्दैन।जसले गर्दा उक्त विधानको अस्तित्व खतरामा पर्ने गर्दछ।साहित्यमा विधा बनेर दिशा-निर्देश गरिरहेको यस विधान अनेक रुपमा प्रचलित रहेकोछ।आ-आफ्नै मान्यता र संरचनाले साहित्यमा टेवा पुर्याई रहेकोछ।सबै विधाहरु समयसापेक्ष ढल्कीरहेकोछ।यसो हुँदा हुँदै पनि प्रत्येक विधाहरुले आफ्नो विविध भाव,रस,विषयमा बहु घटनाहरुको संयोजन साथै उक्त सृजनामा अनेक रुपहरु झल्किने गर्दछ।विशेषत:”केस्रा” विधा बदलिँदो समयको निश्चित क्रमहरुको एकरुपतामा निहित हुन्छ।यसमा बहु घटनाहरुको चर्चा गरि निराकरण गरिंदैन।बरु कारण दर्शाएर निराकरण गर्दछ।साथै भाव वा रसमा एकल वर्चस्व रहन्छ।

संक्षिप्त अवधारणा:
         समय परिवर्तनशील हुनका साथै हरेक अवश्था र आवश्यकताहरुलाई बद्लीदिने गर्दछ।यस बदलावलाई अनुकूल पार्नका लागि सजीव प्राणीहरु अन्तिम अवश्थासम्म कोशिसरत हुन्छन् या कुनै सहज उपाय अपनाउछन् या प्रतिकूल भई नाश भएर जान्छन्।दिग्विजयी बन्नका लागि सहज उपायहरु अपनाउने गरिन्छ।जसमा छिटो,चुस्त,सूक्ष्म साथै प्रभावकारी हुनु अत्यावश्यक पर्दछ।जसले समयको बचत,सन्तुष्टि,छरितो पार्न सक्षम हुन्छ।त्यसैले आज मानवीय आवश्यकताका वस्तुहरुको पूर्ति यसरि नै गर्ने गरिन्छ। साथै, राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, शैक्षिक, औधोगिक आदि क्षेत्रमा पनि पुरानो मान्यताहरुलाई परिवर्तन गरि आधुनिक ढंगले गतिशील बनाईदैछ।यी सबै क्षेत्र सार्थक हुनुमा समस्याको समाधान गर्दा जानेर वा भूलवश सूक्ष्मताको पहिचान गरि निवारण गरिएको हुन्छ।
        विज्ञान प्रविधिमा वा उपभोगका ठुला परिमाणका वस्तु तथा सर-सामग्रीलाई आजकल परिमार्जन गरि केहिहदसम्म सानो आकार दिएर अझ छिटो,हलुङ्गो,सहज साथै प्रभावकारी बनाईदैछ।यसैको उपज स्वरूप टेलिभिजन, कम्प्युटर, रडियोहरु जस्ता ठुला या भद्दा सामग्रीहरुलाई प्रतिस्थापन गर्दै सहजताको लागि मोबाईल,आईप्याट,मेमोरी कार्डहरुको आविष्कार हुन पुगेको हो।वस्तुत: आवश्यकता र उपयोगिताको लागि सूक्ष्म रुपमा बदलिएर पुराना वस्तुहरुको यथावत गुण,विशेषतालाई अनुशरण गरि विकल्पमा प्रयोग भएता पनि यसको स्वकीय पहिचान,संरचना,मान्यता,विशेषता आदि रहेकोछ।
       वर्तमान नेपालको राजनीतिक अवश्थाले ठुलो फड्को मार्ने कोसिस गर्दैछ।केन्द्रिकृत शासन प्रणालीले आफुलाई छिटो, चुस्त बनाउन नसक्ने भएर नै गणतन्त्र तर्फ उन्मुख भईरहेकोछ ।यसो हुनु भनेको एउटा ठुलो परिमाणको वस्तु वा क्षेत्र वा कार्यको विभाजन हुनु हो।यसरी कुनै पनि वस्तु तथा क्षेत्रको ठुलो परिमाणलाई खण्डीकृत गरि छुट्टएिका प्रत्येक खण्ड-खण्डहरु मध्ये कुनै एक खण्डले पनि उही ठुलो परिमाणमा हुने प्रभाव बराबरको प्रत्याभूति दिलाउन सक्दछ।ति ठुला परिमाणका वस्तु तथा विषयलाई यसरी खण्ड वा अंशमा विभाजन गरेर एक खण्ड वा अंशलाई मात्र व्याख्या वा स-विस्तार गरी समेटिएको साहित्य नै 'केस्रा' विधा हो। यसर्थ साहित्यका प्रचलित अन्य विधाहरु भएता पनि समय सान्दर्भिक 'केस्रा'को आफ्नै विशेषता, संरचना तथा मान्यता आदिले गर्दा अन्य विधासंग अतुलनीय रहेकोछ। यिनै आधारशिलाबाट 'केस्रा' विधाको प्रतिपादन भएको हो।

अन्तर्दृष्टिकोण:
         प्राकृतिक तथा भौतिक पदार्थहरु ध्रुव सत्य हुन्छन्।चेतनाको शक्तिले आकार,रुपरंग,परिमाण आदिमा हामी विमर्श गर्ने गर्छौ।ति वस्तुहरुको आकार,रुपरंग,परिमाणलाई बदलेर जे नाम वा संरचनामा तयार पारेता पनि त्यसको मूल मर्मबाट अविच्छेद नै हुने गर्छ।यिनीहरु बद्लिनु वा बदल्नुमा विविध कारण अवश्य हुने गर्दछ।यी विविध सूक्ष्म कारण तथा क्रियाहरुबाट सो वस्तुमा प्रतिक्रिया भएको हुन्छ।मानवीय सोचबाट आविष्कार भएका एक वस्तु वा सामग्रीमा पनि यस्तै विविध पक्षहरुको तालमेलबाट नै निर्माण भएको हुन्छ।कुनै एक क्रिया वा पक्षको असन्तुलन भएमा सो वस्तु वा सामग्री निकम्मा हुने छन्।मतलव,कुनै पनि तत्व वा सृजनाको निर्माण वा विकास हुनुमा सबै क्रिया वा पक्षको उतिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ।जो साहित्यमा नवरसको क्रिया वा पक्षमा क्रियाशील भई रहन्छ।“केस्रा”मा सार्थक नवरस वा क्रिया मध्ये कुनै एक रस वा क्रिया वा पक्षको विशेष उपस्थिति अनिवार्य दर्शाउनु पर्दछ।यिनीहरुलाई एक-अर्कामा सादृश्य गरि घटी वा बढीको विवेचना गरिन्दैन।अन्तत:एक पक्षको भूमिकालाई निराकरण गरिनु पर्दछ।जसरि कुनै गन्तव्यमा पुग्नका लागि अनेक बाटोहरु हुन्छन् ति सहबाटोहरुको आफ्नै महत्व वा यात्रामा सहज बनेका हुन्छन्।हरेकले हरेक बाटोलाई सहज मानेर हिड्ने गर्छन्।आफुले हिड्ने बाटो बाहेक अन्यलाई असहज मानेता पनि वास्तवमा अन्य बाटोहरु पनि अन्यका लागि गन्तव्यमा पुग्ने सहज बाटो नै हो।कुनै सहबाटो पूर्ण छैन भने त्यसको अर्थ पनि रहँदैन र कोहि पनि हिड्नलाई लक्ष्य तय गर्ने छैनन्।

उपयोगिता:
        साधारणतया:हामीले उपभोग गर्ने वस्तुहरु उपयुक्त छ भने मात्र त्यसको प्रयोग गर्छौ।यदि हामीलाई मन परेको छैन वा त्यसले आफूलाई खराब गर्ने अवगुण प्रष्ट थाहा हुँदा त्यसलाई हामी खरिद गर्दैनौ।त्यस्तै ठूलो या महँगो बस्तु जति नै सानो या सस्तो बस्तुले पूर्ण सन्तुष्टि दिन्छ भने सानो या सस्तो बस्तु खरिद गर्नमा लालायित हुन्छौ।यसो गर्नुमा विविध सूक्ष्म कारणहरु अदृश्य रहेका हुन्छन् जस्तो कि बचत,वस्तुले ओगट्ने ठाउँ,वजनमा कम,वस्तुको प्रयोगमा सलरता आदि।हुन त यी वस्तुको उपभोग विलासिता भएता पनि यसले आवश्यकताको नै प्रतिनिधित्व गरिरहेको हुन्छ।पहिले-पहिले हामी संदेश आदान-प्रदान गर्नको लागि चिट्ठीको मात्र प्रयोग गर्ने गर्थ्यौ तर आजकल अधिक मात्रामा इन्टरनेट वा मोबाइलको सुविधामा निर्भर हुन् थालेकाछौ।यसको प्रयोग अनिवार्यता नभए पनि आवश्यकताको पनि अनिवार्यता भईरहेकोछ।जसलाई विलासिताको वस्तु भन्नु मुनासिब ठहर्दैन।यसर्थ “केस्रा” विधा पनि अन्य साहित्य विधाहरुको आधारलाई नै टेकेर अवतरण भएता पनि यसको मात्रा,संरचना विशेषता,उपयोगिता,मान्यता आदिले गर्दा साहित्य विधाहरुको विलासिताको उपजमा आविष्कार वा प्रतिपादन भएको ठहर्याउनु अशोभनीय र असान्दर्भिक हुनेछ।

निष्कर्ष:
       प्रायश:साहित्य सिर्जना मानवीय जीवनमा अनुभव वा महशुस गरि संवेदनशील भएर उद्गार गरिन्छ।स्पष्ट अनुभूति वा अभिव्यति साहित्यमा पर्दाफास गरि पाठकवर्गलाई आकृष्ट गर्नु नै रचनाकारको कौशल तथा खुबी हो।यिनै मानवीय संवेदना तथा संवेगबाट उत्पन्न हुने विभिन्न तरंग वा भावहरु मध्ये एक अविभाज्य नै “केस्रा” विधा अन्तर्गतको संवेग हो।चाहे त्यो संवेग क्षणिक होस् या अधिक मात्रा वा समयसम्म नै कायम रहोस् त्यहाँ एक संवेगको समाप्तिपछि मात्र अर्को संवेगको उपस्थिति रहेको हुन्छ।प्रभावित एक संवेग वा एक परिस्थितिमा संलग्न हुने क्रिया वा पक्षको निष्कर्षलाई आधारभूत मान्यतामा रहेर रचना गरिने साहित्य विधा नै “केस्रा” हो।
[प्रकाशित मिति:- ०९-०१-२०१३]